सर्लाहीमा महासंघको मनोमानि विरुद्ध पाँच पत्रकार संगठनको एक स्वर

827 Shares

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको पछिल्लो गतिविधि प्रति जिल्लाका पाँच पत्रकार संगठनले आपती जनाएका छन् ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले नेपाल पत्रकार महासंघले थालेको सदस्यता शुद्धिकरण कार्यलाई प्रभावित पार्ने गरी सक्रिय रहेका सदस्यहरुको नाम एकलौटी निर्णय गरि हटाएको र नेपाल पत्रकार महासंघको विधान विपरित नयाँ सदस्यहरुको नामावली सिफारिस गरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही,समाजवादी प्रेस संगठन नेपाल,प्रेस युनियन नेपाल,प्रेस मञ्च नेपाल र मधेशी पत्रकार समाज नेपालले आपती जनाएका हुन ।


“नेपाल पत्रकार महासंघ पत्रकारहरुको मात्र संगठन हुनुपर्छ र सम्पुर्ण पत्रकारहरुको साझा संगठन हुनुपर्छ भन्नेमा दुई मत छैन ।सदस्यता शुद्धीकरण हुनु पर्दछ । तर शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीले पूर्वाग्रही ढंगले छानिछानी सदस्यता खारेज गर्ने कार्य गरेको प्रति हाम्रो गंभिरध्यानाकर्षण भएको छ ।नेपाल पत्रकार महासंघ शाखा सर्लाहीले शुद्धीकरणको नाममा सकृय पत्रकारीता गरिरहेका सदस्यहरुको नाम समावेश नै नगरी एकतर्फी रुपमा आ–आफ्नो नजिकका सदस्यहरुको मात्र नाम सिफारिस र नवीकरण गरेको प्रति गंभिर आपती जनाउँदै सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको सदस्यता नवीकरणका लागि हामी जोडदार माग गर्दछौं ।


मोफलमा बसेर निरन्तर पत्रकारीता गरि रहेका सञ्चारकर्मीहरुको नाम सिफारिस नहुनु दुःखद पक्ष हो । जीवनको आधा उमेर पत्रकारीतामा बिताएका पत्रकारहरु तथा संचारकर्मीहरुलाई अहिले आएर तिनीहरुको सदस्यतालाई नै समाप्त पार्नु भनेको उनीहरू प्रति गरेको ठुलो अन्याय हो । नेपाल पत्रकार महासंघको विधानमा भएको व्यावस्था विपरित निरन्तर पत्रकारीता गरिरहेकालाई फरक बिचार,सिद्धान्त,वर्ग र जातका आधारमा गरिएको सिफारिसका कारण फेरी पनि नेपाल पत्रकार महासंघले थालेको सदस्यता शुद्धिकरणको काम प्रभावित हुने देखिन्छ ।


राजनीतिक आस्था वा आग्रह,पुर्वाग्रहका कारण गरिएका यस प्रकारका कार्यहरु नेपाल पत्रकार महासंघको विधान र श्रमजीवि पत्रकारहरुको हित विपरित रहेको हाम्रो ठहर छ । तसर्थ नेपाल पत्रकार महासंघ सर्लाही शाखाले एकलौटी रुपमा शुद्धिकरण र सिफारिस गरेको सदस्यतालाई पुनः बिचार नगरे कडा संघर्षमा उत्रने पाँच पत्रकार संगठनले कडा चेतावनी समेत दिएका छन् ।


राजनीतिक आस्था वा आग्रह,पुर्वाग्रहका कारण गरिएका यस प्रकारका कार्यहरुका कारण भोलीका दिनमा आउने कुनै पनि प्रकारका परिस्थितीको जिम्मेवारी लिन र सामना गर्न नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही,समाजवादी प्रेस संगठन नेपाल,प्रेस युनियन नेपाल,प्रेस मञ्च नेपाल र मधेशी पत्रकार समाज नेपालले चेतावनी दिएका छन् ।पत्रकार महासंघलाई पत्रकारीतामा रहेका सहकर्मीहरूलाई न्यायपूर्ण ढङ्गबाट विना भेदभाव सदस्यता दिई सबै पत्रकारहरुको साझा संस्था वा अभिभावक बनाउन पनि जोडदार माग गर्दछौँ । साथै पत्रकार महासंघ सर्लाही शाखालाई कुनै एउटा राजनीतिक दलको भातृ वा शुभेच्छुक संगठनको रुपमा नबुझिदिनुहुन पनि अनुरोध गर्दछौँ ।” पाँच पत्रकार संगठनद्धारा छुट्टा छुट्टै जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार