धनकौल ५ का वडाध्यक्ष महतो पुर्पक्षका लागि कारागार चलान

एसपि गौरव    प्रकाशित: २०८०-७-२३ गते   २६२ पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले धनकौल गाउँपालिका ५ का वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडा अध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यान उद्योगमा वडा अध्यक्ष महतो विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएदेखि फरार रहेका वडा अध्यक्ष महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले कर्तव्य ज्यान उद्योगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदा सम्म वडाध्यक्ष महतोलाई पुर्पक्षका लागि  कारागार पठाउने आदेश भएको हो ।वडा अध्यक्ष महतो स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।अदालतको आदेश अनुसार वडा अध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनए । यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता थारुले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech