माओवादी केन्द्र सर्लाहीको सह इन्चार्जमा धिमाल र यादव,संयोजक बने बुढाथोकी

3.3k Shares

नेकपा (माओवादी केन्द्र) प्रदेश २ प्रदेश कमिटिको बैठकले सह इन्चार्ज तथा जिल्ला समन्वय समिति संयोजक चयन गरेको छ ।नेकपा(माओवादी केन्द्र) प्रदेश २ प्रदेश कमिटिको १९ गतेको प्रदेश पदाधिकारीको बैठकबाट सर्लाही जिल्लाको सह इन्चार्जमा लुमडी प्रसाद धिमाल (लोचन) र राम पृत यादवलाई चयन गरेको हो भने जिल्ला समन्वय समितिको संयोजकमा कमल बुढाथोकीलाई चयन गरेको छ ।
विगत लामो समयदेखि जिल्लामा सह इन्चार्ज र जिल्ला समन्वय समितिको संयोजक समेत चयन गर्न सकेको थिएन । १९ गतेको प्रदेश पदाधिकारीको बैठकबाट सह इन्चार्ज र जिल्ला समन्वय समितिको संयोजक चयन गरेको नेकपा(माओवादी केन्द्र)का नेता विश्वजीत यादवले जानकारी दिनु भयो ।
विद्यानले वडादेखि गाउँ नगर हुँदै जिल्लाको अधिवेशन हुने भएका पार्टीको विधान अनुसार अधिवेशनबाट आएका मध्यबाट जिल्ला समन्वय समिति गठन हुने जिल्ला सह इन्चार्ज रामपृत यादवले बताउनु भयो । नेकपा(माओवादी केन्द्र) सर्लाहीको सबै स्थानिय निकायहरुमा अधिवेशन चलि रहेको छ ।

सम्बन्धित समाचार