भारतीय बजारमा नेपालीको भीड,नेपाली बजार सुनसान

268 Shares

नेपालीहरुको दोस्रो चाडपर्व तिहारको रौनक छाई रहेको समयमा नेपाली बजारहरु प्राय सुनसान देखिएका छन्।सर्लाहीको लालबन्दी,हरिवन,बयलवास,बरहथवाका साथै जिल्ला सदरमुकाम मलंगवामा पनि बजार रहेपनि खुल्ला सीमानाकाका कारण नेपाली उपभोत्ताहरु भारतिय बजारमा जाने गरेका कारण पनि नेपाली बजारहरु सुनसान देखिएका सुन् ।
पछिल्लो केही वर्षदेखि चाडपर्व वा अन्य समयमा पनि नेपाली बजारहरुमा उपभोक्ताहरुको उपस्थिति कम देखिन थालेको छ।सीमावर्ती बजार नजिकै रहेकाले त्यहाँ भने उपभोक्ताको थामिन सक्नुको भीड हुन्छ।चाडवाडको मुखमा भएको जेन जी अन्दोलनले पनि यहाँको व्यापार व्यवसायमा नकरात्मक प्रभाव परेको व्यापारीहरु बताउँछन् । 
तिहार सुरु भइसकेको छ भने छठ पर्व नजिकिँदै छ । तर पनि नेपाली बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा जस्तै उपभोक्ताहरू सीमापारी सोनवरर्सा बजारमा किनमेल गर्न जाँदा सीमावारीका नेपाली बजाहरु सुनसान हुने गरेका व्यवसायीहरु बताउछन् ।अन्य समयमा पनि भिडभाड हुने सीमापारीको सोनवरर्सा बजारमा हिजोआज थामिनसक्नुको भीड लाग्ने गरेको छ । नेपाली बजारमा व्यावसायीहरु उपभोत्ता पर्खेर बसिरहेका छन् ।
विगत केही वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा सीमापरी भारतीय बजार परेको र यसले नेपाली हजारहरु प्रभावित भएको अर्का व्यवसायीले बताए ।जेन जी अन्दोलनका कारण सर्लाहीका दर्जनौँ कार्यालयहरु तथा भौतिक संरचनामा तोडफोड तथा अगाजनि भएको थियो । देशभरीको सरकारी तथा निजी क्षेत्रमा गरिएको तोडफोडका कारण पनि सामान आयतनिर्यातमा प्रभाव परेको व्यवसायीहरू बताउँछन् । 
आन्दोलनले निजी क्षेत्रमा थप निराशाजनक अवस्था सिर्जना गरेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी(दिपक)ले बताए । उनका अनुसार विगतमा चाडपर्वका बेला सर्लाहीका बजारहरुमा विगतका वर्षहरुमा करोडौँको कारोबार हुने गर्दथ्यो । तर केही वर्षदेखि एकतर्पm खुला सीमा नाकाले व्यापार व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्दै आयो ।
सरकारले निजी क्षेत्रको व्यापार व्यवसायलाई उठाउने गरी काम गर्नुपर्ने उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशीले बताए ।उनका अनुसार खुला सीमा नाकाका कारण सर्वसाधारण उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायी भने समस्यामा परिरहेका छन् ।

सम्बन्धित समाचार