एन्फाको आपत्कालीन बैठक स्थगित,

2.8k Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ ।सोमबारका लागि डाकिएको आपत्कालीन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नभएपछि मंगलबार केन्द्रीय कार्यसमितिको बैठक डाकिएको हो ।

आपत्कालीन बैठकमा शतप्रतिशत सदस्यको उपस्थिति अनिवार्य गरिएकामा नेम्वाङ उपस्थित नभएपछि आपत्कालीन बैठक नै स्थगित भएको थियो ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आपत्कालीन बैठक स्थगित हुन पुगेकाले विधानअनुसार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बताए ।

बैठक मंगलबार दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्नेछ ।‘लकडाउन’का कारण लामो समयदेखि बन्द रहेको एन्फामा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको हो ।बैठकका लागि चारओटा मुख्य एजेन्डा तय गरिएको छ ।

जसमा टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउने, कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिमा एन्फाले दिनसक्ने सहयोग तथा एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारबाहीको विषयलगायत रहेका छन् ।

सम्बन्धित समाचार