डिएसपी यादव पुस महिनाको उत्कृष्ट प्रहरी कर्माचारी घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-४ गते   ३८३ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उमाश.कर यादव पुस महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । महिला हत्याको सफल अनुसन्धान गरेको भन्दै प्रहरी नायव उपरिक्षक यादवलाई पुस महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक यादवले पुस १७ गते घरबाट वेपत्ता भइ एक हप्तापछि उखुबारीमा शव फेला परेकी एक महिलाको हत्याको सफल अनुसन्धान गर्दै हत्यामा संग्लग्न रहेका तीनजना अभियुक्तहरुलाई पक्राउ गर्नसफल भएका थिए ।
बरहथवा नगरपालिका १० बस्ने ३२ वर्षीया सावित्री कुमारी महरा पुस १७ गते घरबाट वेपत्ता भएकी थिइन । उनको केही भाग जलेको अवस्थामा नजिकैको उखु बारीमा शव फेला परेको थियो । उक्त हत्या काण्डको सफल अनुसन्धान गरी तीन जना अभियुक्त पक्राउ गरेका प्रहरी नायव उपरिक्षक यादवलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरेको थियो । प्रहरी नायव उपरिक्षक यादवले त्यसबाहेक पनि अरु हत्याका घटना, चोरीका घटनाको पनि सफल अनुसन्धान गरेका  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
हत्या जस्ता जघन्य अपराधको प्रहरी नायव उपरिक्षक यादवले अनुसन्धान गरि अभियुक्त पक्राउ गर्न सफल भई प्रहरीको छवि उच्च राख्ने काम गरेका कारण उनलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताउनु भयो । उहाँका अनुसार निरन्तर मेहनत गरेर अपराध रोकथाम र दोषी पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन प्रहरी नायव उपरिक्षक यादवले उल्लेखनिय काम गरेको छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech