बजार अनुगमन निरन्तर गरेको अध्यक्ष जोशीको भनाई

3.3k Shares


उद्योग वाणिज्य संघ लालबन्दीले लालबन्दी नगर क्षेत्र भित्रका पसल तथा व्यापार व्यावसायको अनुगमन गरेको जनाएको छ । संघका अध्यक्ष कल्याण कुमार जोशीको नेतृत्वमा संघका पदाधिकारीहरु लगायतको टोलीले लालबन्दी नगरपालिका भित्रका पसलहरु व्यापार व्यावसायको निरन्तर अनुगमन गरेको अध्यक्ष जोशीले बताउनु भयो ।
कोरोना संक्रमण फैलिएपछि सतर्कता अपनाउन सरकारले लकडाउन जारी राखेको छ भने लालबन्दी नगरपालिकाले जारी गरेको निर्देशन पालना गर्दै व्यवसाय सञ्चालन गराउन नियमित अनुगमन गरिएको संघका अध्यक्ष जोशीले जानकारी दिनु भयो । पसलमा सामाजिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षा कायम गर्न हात धुने व्यवस्था गर्न सेनेटाईजर र मास्क प्रयोग गर्न आग्रह गरिएको संघका सदस्य महेश कुमार महत्तोले बताउनु भयो। व्यवसायिलाई लकडाउनका कारणले परेको समस्याका बारेमा संघले खेल्नु पर्ने भूमिका लगायतका विषयमा पनि व्यापारी व्यावसायीहरुसंग छलफल समेत गरिएको उद्योग बाणिज्य संघ लालबन्दीका सदस्य झगरु दास बताउनु भयो ।

यसैविच बजारमा खाद्यन्न र ग्यासको अवस्थाका बारेमा समेत निरन्तर अनुगमन गरिएको संघले जनाएको छ । नगर भित्रका थोक विक्रेतासंग बजारमा आवश्यक पर्ने खाद्यन्नको स्टकको अवस्थाबारे जानकारी लिन पनि निरन्तर अनुगमन गरिएको संघले जनाएको छ ।अनुगमनका क्रममा अहिलेको विक्रिको अनुपातमा बजारमा दाल, चामल, तेल, नुन एक हप्ताका लागि पर्याप्त मात्रामा  स्टक रहेको पाईएको छ । यसैविच निरन्तर अनुगमनका क्रममा ग्यासको माग अनुसार  स्टक रहेको पाईएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।

सम्बन्धित समाचार