Close This

दिलिपलाई प्रथम पर्यावरण शहिदको माग गर्दै लालबन्दीमा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-३ गते   ४६१ पटक हेरिएको

टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतोलाई न्यायको माग्दै धनुषाक सर्लाहीको लालबन्दीमा दवाव मुलक प्रदर्शन गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियानको पूर्व निर्धारीत कार्यक्रम अनुसार शनिबार सर्लाहीको लालबन्दीमा दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर,दोर्षीलाई काबाृही गर लगायतका माग गर्र्दैै प्रदर्शन गरिएको हो ।
सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा भएको प्रदर्शनमा सहभागीहरुले दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर, उच्च स्तरिय छानविन समिति गठन गर, दोषीलाई कडा कारवाही गर,दिलीपका आफ्न्तलाई उचित क्षेतीपुर्तीको व्यावस्था गर लगायतका नाराहरु लगाएका थिए ।
¥याली ठुमठुमे चोकको विभिन्न बजारको विभिन्न भागको परिक्रमा गरि कृषी उपज केन्द्रको बजार अगाडी पुगेर कोण सभामा परिणत भएको अभियानका सर्लाही संयोजक सुनिल कुमार साहले  बताउनु भयो ।  
कोणसभामा सामाजिक अभियन्ता सरोज राय,चुरे तथा वनजंगल संरक्षण अभियान का केन्द्रीय संयोजक सुनिल कुमार यादव,सर्लाहीका संयोजक सुनिल कुमार साहलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech