राजश्व कार्यालय पथलैयाद्धारा करिब ५ करोड धरौटी माग

गणेश खड्का    प्रकाशित: २०८०-५-२४ गते   ४५४ पटक हेरिएको

राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७९/०८० मा चार करोड भन्दा बढी रकम धरौटी माग गरेको छ । काार्यलयले आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ७७ लाख ६५ हजार नौ सय ८४ धरौटी माग गरेको कार्यालय प्रमुख प्रेम प्रसाद देवकोटाले जानकारी दिए । 
उनका अनुसार चार सय ७७ वटा विभिन्न किसिमका सूचनाहरु दर्ता भएका छन् । जसमा २६ वटा विदेशी विनिमय र नौ वटा अदालत गएका छन् । मधेश प्रदेशका धनुषा,महोतरी,सर्लाही,रौतहट,बारा,पर्सा सहित १२ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले रु ७५ लाख ४५ हजार विभिन्न कसुरमा जरिवाना तोकेको छ ।
देशको अर्थ निति अनुसार काम गर्ने कार्यालयले राज्यलाई करछली हुने गरेका कारोवारहरुमा विशेष चासोका साथ काम गरि रहेको कायाृलय प्रमुख देवकोटाले बताए । उनले सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिबाट प्रहरीले नियन्त्रणमा लिएर बुझाएका सवारी साधनहरु र त्यसमा रहेको करिब रु ३० लाख १४ हजार बराबरको सामानका साथै रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको गोदाममा सिल गरिएका सामानहरुको सवालमा निकै सुक्ष्म तरिकाबाट अनुसन्धान हुने र दोषी देखिएर सजाएको भागेपनि बनाइने समेत कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उनले रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको गोदाममा रहेको मालवस्तु बचाउन सञ्चालक साहले अरु मानिसहरुसंगबाट भन्सार लिलामी सकारेको सामानहरुको विल जम्मा गरि रहेको थाहा पाएको र त्यस सवालमा पनि विशेष अनुसन्धान हुने बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले केहीदिन पहिला रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २—०३—००१ ख ७३६६ नम्बरका तीन वटा सवारीसाधनमा रातो मोटर,हरियो मोटर,चिनी,दाल,जुटको बोरामा चालम,सुजि पिठो,खानेतेल,चिउरा,चना दाल,पापड र काजु गरि ठुलो परिमाणमा बरामद् गरेर राजश्व कार्यालय पठाएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech