बागमतीमा निर्माणाधिन देशकै ठूलो मानव निर्मित भरत ताल घुम्न आन्तरिक पर्यटकको घुइँचो

2.8k Shares

सर्लाहीको वागमतीमा रहेको देश कै ठूलो मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।  पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वागमती नगरपालिका १२ मा निमार्ण गरिएको १२१ विघा क्षेत्रफलको तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको बागमती नगरपालिकाले जनाएको छ । 
चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको नेपालकै पहिलो र नेपालको झण्डा फराउदै जेटबोट सञ्चालन गरिएको छ । ताल पूर्ण रुपमा निर्मार्ण हुन अझै केही महिना लाग्ने भएपनि तालको सुन्दर दृष्य, तालपारी देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।
तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको वागमती नगरपालिकाले जनाएको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाई भेट्ने तथा रमाइलो गर्ने पर्यटकको संख्या बढी रहेको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो । उहाँका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हृरिन थालिएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक २ हजार भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
तालको नजिकै सुमेरी पर्वत बताउने,शिवमुत्र्ती बनाउने र मिनि नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत थापाले बताउनु भयो । उहाँका अनुसार तालको वीचमा रिर्साेट निर्माणाधिन अवस्थामा छ भने तालको वरिपरी वगैँचा तथा घेराबेराको काम पनि भई रहेको छ । त्यसैगरी तालको वरिपरी खाजाघरहरु धमाधम निर्माण भई रहेका छन् ।
तालमा घुम्न आउने आन्तरीक पर्यटकहरुले रु २ सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफुहरुलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताउनु भयो । रु २ सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफुहरुलाई “पोखरामा साइँली डुङ्गा सलल....” भन्ने गीतको सम्झना आएको दाहालले सुनाउनु भयो । “ बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर ।  बिदाको दिन होस् या चाडवाडको समय भरत ताल व्यस्त नै देखिदो रहेछ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँस समेत पालिएको रहेको छ । तालमा पौडिने हाँसको दृष्यले पर्यटकको मन झनै लोभिने गरेको पाईयो ” दाहालले बताए । 
वागमती नगरपालिकाका नगर प्रमुख थापाले अबको तीन चार महिनामा ताल निमार्णको काम सम्पन्न गरिने बताउनु भयो । तालले गर्दा पर्यटकको आगमन त छँदै छ पूर्ण रुपमा ताल निमार्ण भइनसक्दै धेरैजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका उहाँले बताउनु भयो । मनोरञ्जनका लागि तालमा ५ वटा बोट राखिएको छ भने अझै ५ वटा बोट थप गरिने नगर प्रमुख थापाले जानकारी दिनु भयो । तालमा सजवट र रिर्सोटहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ ।
१२१ विघामा निमार्ण गरिएको उक्त तालको गहिराई १५ फिटदेखि ४५ फिटस

भरत ताल वागमती नगरपालिकाको मात्र नभई अहिले सर्लाही जिल्ला कै सान बनेको छ । यो तालमा अहिले त नेपालमै बनेको मोटरबोट नेपालको झण्डा राखेर सरर कुद्छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब १ हजार ५ सय जना स्थानीयहरुलाई रोजगारी अवसर समेत प्राप्त हुने नगर प्रमुख थापाले बताउनु भयो । बागमती नगरपालिकाले नगर बगैँचा र फनपार्क समेत निर्माण गरि रहेको छ । नगरबासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण कोम भई रहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार