नेकपा(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)सर्लाहीको संयोजकमा विनिता दाहाल सर्व सहमत चयन भएकी छन् । संघको लालबन्दीमा भएको भेलाले दाहालको संयोजकत्वमा एक सय एक सदस्यीय अखिल नेपाल महिला संघ(क्रान्तिकारी)सर्लाही घोषणा गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी घिमाल(लोचन)ले जानकारी दिए।
उनका अनुसार मंगलबार लालबन्दीमा भएको भेलाले केही सदस्य पछि थप गर्ने गरी एक सय एक सदस्यीय अखिल नेपाल महिला संघ(क्रान्तिकारी)जिल्ला समन्वय समिति सर्लाही घोषणा गरेको हो ।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी) मधेश प्रदेशकी संयोजक शिला खनालको प्रमुख आतिथ्यता एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्ले,केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,नेताहरु रामचन्द्र कुशवाहा,सावित्री बुढाथोकी र पद्मा मोक्तान लगायतको विशेष आतिथ्यता रहेको थियो ।