Close This

बालक अपहरण गरि मारेको आरोपमा ७ जना पक्राउ,आवश्यक अनुसन्धान जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२५ गते   १४८० पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न ७ जना अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ । 
चैत २० गते राती जिल्लाको मलंगवा नगरपालिका १२ गम्हरियाका दिपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरि बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका ७ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभिन पोख्रेलले जानकारी दिनु भयो ।
आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टंयाकी भित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेकोसर्लाही प्रहरीले फेशबुक म्यासेन्जरबाट आकाशका आफुन्तसंग रु १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनहरुले आकाशलाई छिमेकी जगदिश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी लास प्लाष्टिकको बोरा भित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टंयाकी भित्र हाली लुकाएको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
मलंगवा नगरपालिका १२ गम्हरीयाका ६० वर्षिय जगदिश बडही सोही ठाउँका अन्दाजी २१ वर्षका कृष्ण ठाकुर,कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी वर्ष १८ की निरुता शर्मा,सोही स्थानका अन्दाजी वर्ष २५ की संगिता बडही,सोही स्थानका,सुनिल ठाकुर,सोही स्थानका अन्दाजी वर्ष ५० का नेवा ठाकुर र मलंगवा नगरपालिका ११ का अन्दाजी वर्ष ३१ का राकेश ठाकुरलाई प्रहरीले बालब अपहरण गरि बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो ।
 पोष्टमार्टम पश्चात् मृतक आकाशको शव उनका आफन्तले बुझेका छन् । पक्राउ परेका सातै जनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech