Close This

सर्लाहीका ३५ जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१२ गते   २८२ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाको क्वारेन्टाइन स्थलबाट गत संकलन गरिएको ४० जना मध्ये ३५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ३५ जनाको रिपोर्ट नेगेटिभ आएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईँले बताउनु भयो । ४० जनाको स्वाब पठाईएकोमा ३५ जनाको नेगेटिभ रिपोर्ट आएको र ५ जनाको रिपोर्ट आउन बाकिँ रहेको नगर प्रमुख प्रसाईँले बताउनु भयो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा गरी बसेको घरमा बस्दै आएका १५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । 
त्यस्तै मंगलबार नै बागमती नगरपालिका–९,सन्तोषपुरका ३४ वर्षीय पुरुषमा कोरोना भाईरस पोजेटिभ रिपोर्ट आएपछि उनको सम्पर्कमा आएका शंकाष्पद् १२ जनाको स्वाब पनि हरिवन नगरपालिकाको क्वारेन्टाइन स्थलबाटै संकलन गरिएको थियो ।

१२ जनामध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आईसकेको छ भने बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको नरग प्रमुख  प्रसाईँले जानकारी दिनु भयो । उनिहरु सबैको स्वा संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको उहाँले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech