सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर स्थित भित्रि सडकबाट ठूलो मात्रामा प्रतिवन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले बा ५२ प ३३०५ नम्बरको मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्दा लालबन्दी नगरपालिका–२ का अन्दाजी ४० वर्षीय संजिव कुमार के.सीलाई ठुलो मात्रामा लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार लागु औषध आरटिएक्स एससिइएन तीन बोतल र नाइट्राजेडपाम २० ट्याब्लेट के.सीको साथबाट बरामद् भएको हो।के.सीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनले आफ्नै घर नजिकै खेतमा समेत लागुऔषध लुकाई छिपाई राखेको भन्ने खुल्न आए पश्चात प्रहरीले उक्त स्थानबाट दुई सय १८ ट्याब्लेट नाईट्राजेडपाम,एक सय ४४ पिस स्पास्मो प्रोक्जिन प्लस क्याप्सुलका साथै आरटिएक्स एससिइएन चार बोतल र १५ बोतल वनरेक्स सिरफ बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार नियन्त्रणमा लिइएका के.सी लाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान भई रहेको छ ।ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुखको रुपमा श्याम थापा मगर आएपछि भारतबाट भित्रने लागु औषध धमाधम नियन्त्रणमा आउन थालेको हो ।