दुर्गा भगवती गाउँपालिकाका ३१८ जनाको फर्जि कागजात बनाएर सा.सु.भत्ता खुवाएको आरोप,सत्यता नरहेको सरकोरावालको दावी

1k Shares

रौतहटको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष तत्कालीन अध्यक्ष र दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष मिलेर गैर कानुनी तरिकाबाट सामाजिक सुरक्षा भक्ता वितरण गरेका रहस्य बाहिरिएको छ।दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष तत्कालीन अध्यक्ष अरुण साह र दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा मिलेर फर्जि कागजात बनाई सामाजिक सुरक्षा भक्ता वितरण गरेका रहस्य बाहिरिएको हो ।
दुर्गा भगवती गाउँपालिकाका तत्कालीन अध्यक्ष साह,दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नितेश कुमार झाको मिलेमतोमा राज्यको राजश्वमा हानी नाक्ेसानी पुर्याएको,राज्यको रकम अपचलन गरिएको र सो वापत अकुत सम्पती आर्जन गरेको रहस्य बाहिरिएको हो ।
 दुर्गा भगवती गाउँपालिकाका तत्कालीन अध्यक्ष साह,वडा अध्यक्ष झा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा मिलेर दुर्गा भगवती गाउँपालिकाका तीन सय १८ जनाको फर्जि जन्म मिति बनाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरण गरेका पाइएको छ।उनीहरुले एक वर्षदेखि १७ वर्ष सम्म जन्म मिति बढाएर एक जनाको नाममा तीन÷चार वटा सम्म सामाजिक सुरक्षा कार्ड बनाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) निकासा गरेका,श्रीमती जीवितै भएकालाई विदुर बनाएर र श्रीमान् जीवितै रहेकालाई विद्युवा बनाएर,गैर दलितलाई दलित बनाएर,सरकारी सेवा निवृत कमार्चारीहरुलाई अर्कै बैँकबाट सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) वितरण गरेका पाइएको हो ।
उनीहरुले दुर्गा भगवती गाउँपालिका ३ का वडा सदस्य श्यामाकान्त झा(कमलेश)का बुबा अमर कान्त झाको १७ वर्ष उमेर बढाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) र उनकी श्रीमतीलाई विद्युवा बनाइ सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरण गरेका,उनकी काकी मुन्द्रिका देवी,सानी आमा ललिता देवी कुमारी,आमा रेणु देवीलाई विद्युवा बनाई सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरण गरेका,रुपलाल पण्डीतको अपाङ्गता भक्ताको कार्ड दुई वटा बनाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)निकासा गरिएको,मृत्यु भएको छ वर्ष सम्मपनि जीवितै भनि सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरण गरेका,जलन्धर झा,जोगिन्दर साह सोनार,जमुना देवी,छटु भगत मालि,पञ्च नारायण झा,बच्ची देवी बम्हणी,राधेश्याम,दशरथ झा(केदारनाथ) लगायतको जन्म मिति फर्जि बनाएको,दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झाले आफ्नै श्रीमतीका हजुर बुबा इश्वर नाथ झा र हजुर आमा निर्मला देवी बाहुनीको जन्म मिति बढाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) खुवाएका,सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरणमा समावेश गरिएका आठ सय १४ जना मध्य जन्म मिति १२।३० र ०१।०१ बनाइएका सबै जन्म मिति फर्जि रहेका,दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झाका बहिनी ज्वाई भारतीय नागरिक केशव कुमार झा भारतको हरपुरका नागरिक हुन भने उनको भारतमा पनि मतदाता परिचय पत्र रहेको तथ्य फेला परेको भएपनि झुटो विवरण पेश गरि नेपाली नागरिकता दिलाएर नेपाली मतदाता बनाएर कोरोनाको अति विपन्न नागरिकहरुको नाममा आएको रु १० हजार दिलाएका,दुर्गा भगवती गाउँपालिका ३ का कायार्लय सहयोगी गगनदेव महराकी श्रीमती फुल शंकर कुमारी देवीलाई विद्युवा हो भन्ने कागजात बनाएर उमेर बढाई सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) वितरण गरेका,अति विपन्न नागरिकहरुको नाममा आएको प्रति व्यक्ति रु १० हजार आफ्नै आसेपासे र सम्पन्न मानिसहरुलाई प्रदान गरेका साथै खोला,बाढी पीडितहरुका लागि आएको क्षेतीपूर्ति वापतको रकम आफ्ना आसेपासे र नातागोताका मानिसहरुलाई दिलाएका पाइएको छ ।
आफुहरुले विरोध गरेपछि यसैगरी झुटो विवरण बनाई वितरण गरिएको सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता) दुर्गा भगवती गाउँपालिका ३ की महाकाली देवी,मनदो दरी देवी,पुनम देवी, फूल शंकर कुमारी देवी,शैल देवीका,भारती देवी,संझा देवी,माया देवी,बाहुनी, मुन्द्रिका देवी,ललिता देवी बाहुनी,सुक्राती देवी,नैनावती मालिनी,भगवनीया देवी मालिनी, सोनापति देवी,आर्या देवी बाहुनी,निर्मला देवी बाहनुी,सकुन्तला झा,रेणुदेवी र वैदेहि देवी लगायत २० जनाले खाईपाई आएको सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)रकम फिर्ता गराएका नाम नबताउने सर्तमा एक स्थानीयले बताए।सो विषयमा वास्तविकता बुझ्न दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झालाई फोन गर्दा विभिन्न किसिमका डर र धम्की दिएका समेत ती स्थानीयले गुनासो गरे ।
दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झाले वडा भित्रका विभिन्न मानिसहरुको नागरिकता लिएर आफैँले निर्माण उपभोक्ता समिति बनाउने र कामै नगरी रकम निकासा गर्ने गरेका, विपन्नहरुका लागि आएको दाल,चामल,चेवन प्रास,ब्ल्याकेंट लगायतका सामाग्रीहरु लक्षीत वर्गलाई नबाँडेर आफ्ना नातागोता,आसेपासेलाई बाँडेका, सरकारी कर्माचारीका आमा बुबाको समेत फर्जि जन्म मिति बनाएर सामाजिक सुरक्षा भक्ता(जेष्ठ नागरिक भक्ता)वितरण गरेका नाम नबताउने सर्तमा अर्का स्थानीयले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तको अध्यक्षतामा छानविन समिति बनेको भएपनि प्रकृया अघि नबढाइ आर्थिक चलखेल गरिएको स्थानीयको आरोप छ।स्थानीयका अनुसार दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झाका दाजु रेवन्त झाले आफुले प्रमुख जिल्ला अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मिलाउने गरेको भन्दै कुनै केही नहुने धम्की लाउँदै हिड्ने गरेका साथै १६ जना शिक्षकहरुलाई फतुवा विजयपुर नगरपालिकाको फर्जि नियुक्ती दिलाइएको र करारमा नियुक्ती दिलाएका उनीहरुलाई सरुवा गरी दुर्गा भगवती गाउँपालिका ल्याएको,४३ वर्ष उमेरका मानिसलाई पनि शिक्षकमा नियुक्त गरि करारमा नियुक्त गरिएका उनीलाई समेत आर्थिक चलखेल गरि सरुवा गरिएको, दुर्गा भगवती गाउँपालिकाकाका अध्यक्ष  शम्भु सिंह र शिक्षा विकास तथा समन्वय ईकाई रौतहटका तत्कालीन प्रमुख राम विनय सिंह मिलेर ठूलो आर्थिक चलखेल गरि करारमा वेदानन्द ठाकुर मा.शि.,निरु कुमारी,सरिता कुमारी र धिरेन्द्र सिंह लगायतलाई नियुक्ती गरी नियुक्ती भन्दा तीन महिना पहिला देखि नै तलब खुवाएको,शिक्षा विकास तथा समन्वय ईकाई रौतहटका तत्कालीन प्रमुख सिंहका सालो पर्ने दिपेश पाण्डेको कुनै कागजात नै पेश नगरी शिक्षकमा नियुक्ती गरिएको,दुर्गा भगवती गाउँपालिका २ को सरस्वती मा.विमा अन्यन्त्रबाट फर्जि शिक्षकहरु सरुवा गरेर ल्याई तलब खुवाएको,अन्यन्त्र दरबन्दी रहेका भन्दै दुर्गा भगवती गाउँपालिका सरुवा गरि ल्याएका १६ जना शिक्षक हाल जिल्लाकै अन्य स्थानीय तहमा जागिर खाई रहेका,रौहतटको दुर्गा भगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा झाले चरम अनियमितता गरेका,सूचना आयोगले दुई वर्ष पहिला १६ वटा पत्र काटेर निवेदकको माग अनुसार सुचना उपलब्ध गराउन भनेका भएपनि अटेर गरेका र दुर्गा भगवती गाउँपालिकामा तनाव सृजना भएपछि त्यहाँबाट भागी मालपोत कायार्ल मलंगवा सर्लाही सरुवा भई आएका समेत स्थानीयले बताएका छन् ।
झा दुर्गा भगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा चार सय ६० वटा उजुरी अख्तियारमा परेका,त्यसपछि तीन महिना कार्यालय जानै नसकेका झा सूचना आयोगले कार्बाहीका साथै पुनरावेदनले बोलाएपछि दुर्गा भगवती गाउँपालिकाबाट भागेका,बालबिबाह न्युनिकरण कार्यक्रमका लागि आएको रु १५ लाख कार्यक्रम नै नगरी भ्रष्टाचार गरेका,गाउँपालिकामा २२ वटा योजना रहेका भएपनि २६ वटा योजना भनि बनाई बजेट निकालेर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाले अनियमितता गरेका स्थानीयको आरोप छ ।
यता,सो विषयमा वास्तविकता के हो भन्ने हाम्रो प्रश्नमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाले त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।उनले आफुलाई बद्नाम गराउन यस प्रकारका गलत प्रचार बाजी गरेका बताए ।त्यस्तै,सो विषयमा बुझ्न जिल्ला प्रशासन कार्यालय रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम छानविन समितिका संयोजक कायस्तलाई फोन गर्दा उनको फोन उठेन ।
 साथै,दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष झाले आफुलाई बद्नाम गराउन विपक्षीले चलखेल गरी झुटो प्रचारबाजी गरेको र सबै सरोकारावाला निकायमा उजुरी परी छानविन चलि रहेको समेत बताए ।२०६३ सालमा नागरिकता बनेका विषय आफुलाई थाहा नभएको र अनावश्यक उजुरी गरेर दुःख दिने काम गरेका,सामाजिक सुरक्षा भक्ता वितरणमा वडा अध्यक्षको कुनै संग्लग्नता नहुने साथै काम गर्दा केही त्रुटीहरु भएका र त्यसलाई सुधार गरेर आएको वडा अध्यक्ष झाले बताए ।
साथै सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या पहिला रहेको र आफु गाउँपालिका अध्यक्ष भएर आए पछि छानविन गरी समस्या समाधान गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंहले बताए।उनले एकजनालाई कम्प्युटर शिक्षकको रुपमा स्वयम सेवकमा भनाई गरिएको र त्यहाँ उमेरहद नहेरेको स्वीकार गरे ।उनले आरोप लगाउन वा उजुर वाजुर गर्न सबैले सक्ने भएपनि प्रमाणित गर्न समस्या हुने  समेत बताए ।
तर हामीलाई प्राप्त भएको चार सय ५४ पेजको मतदाता नामावली परिचय पत्रको नामावलीको प्रतिलिपि र एक सय १२ पेजको सामाजिक सुरक्षा भक्ता उपभोग गर्ने नागरिकहरुको नामावलीको प्रतिलिपिमा वडा अध्यक्ष झाले बताए भन्दा फरक रहेको पाइएको छ ।

सम्बन्धित समाचार