लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा देशैभरी प्रभातफेरी लगायत विभिन्न किसिमका कार्यक्रमहरु गरिएको छ।“लागुऔषधको चुनौती चिनौंःसामाजिक समाधानको बाटो खोजौं”भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा तथा कमलामाई नगरपालिकाको समन्वयमा प्रभातफेरी कार्यक्रम गरिएको हो ।कमलामाई नगरपालिकाको २२ नम्बर बजारेखि सुरु भएको प्रभातफेरी कमलामाई नगरपालिका परिसरमा पुगेर सम्पन्न भएको आयाोजकले जनाएको छ।
प्रभात फेरीमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल,प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगगाायत जिल्ला समन्वय समिति,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी,जनप्रतिनिधिहरुका साथै राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसैगरी,जिल्ला प्रशासन कार्यालय सर्लाहीले लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ।प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीको अध्यक्षता एवम जिल्ला समन्वय समिति,जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण,सहित सरोकारवाला निकायहरुको विशेष उपस्थितिमा लागुऔषध नियन्त्रणका सम्बन्धमा अन्तर क्रिया एवम छलफल गरिएको थियो ।
लागुऔषध नियन्त्रणका सम्बन्धमा विद्यालय स्तरदेखि क्याम्पसहरु तथा समुदाय र सरोकावालाहरु पनि सहजग र सचेत रहन आवश्यक देखिएको सहभाागीहरुले बताएका छन् ।कार्यक्रममा सहभागीहरुले लागुऔषध दुरुपयोग विरुद्ध सामूहिक ऐक्यबद्धता व्यक्त गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्ष वेद प्रसाद गौैतमले जानकारी दिए ।