हरिवन नगरपालिकाका विभिन्न वडामा डिप बोडिङ धसाउने काम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-४ गते   १९५७ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा डिप बोडिङ धसाउने काम सुरु भएको छ । हरिवन नगरपालिका २,५,६,७,८ र ११ का सयौँ विघा खेती योग्य जमिनमा सिचाई सुविधा पुर्याउने लक्ष्यका साथ डिप बोडिङ हसाउने काम सुरु भएको हो ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को विशेष पहलमा नगरका विभिन्न वडाका खेती योग्य जमिनमा सिचाई पुर्याउने लक्ष्यका साथ डिप बोडिङ धसाउने काम सुरु भएको नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव गौतम महतोले जानकारी दिनु भयो । स्वकीय सचिव महतोका अनुसार नगर प्रमुख बुढाथोकीले निर्वाचनको समयमा  जनाउनु भएको प्रतिवद्धता अनुसार हरिवन नगरपालिका २,५,६,७,८ र ११ का सयौँ विघा खेती योग्य जमिनमा सिचाई सुविधा होस भन्नका लागि डिप बोडिङ धसाउने काम सुरु भएको हो ।
नगरमा धेरै जमिन खेती योग्य भएपनि उचित सिचाई सुविधा नहुँदा बाँझैँ राख्नु पर्ने अवस्था आएको स्थानियले बताएपछि नगरप्रमुख बुढाथोकीको पहलमा हरिवन नगरपालिका २,५,६,७,८ र ११ का सयौँ विघा खेती योग्य जमिनमा सिचाई सुविधा पुर्याउन डिप बोडिङ धसाउने काम सुरु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech