शंखर पहाडी(गाैरब)
सर्लाहीको मलंगवा नगरपालिका ४ बाट चोरीकाे मोटरसाइकलसहित सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई प्रहरीले पक्राउ गरेकाे छ ।
मलंगवा नगरपालिका ४ शिवसागर चोकमा रहेको नुतन आयल स्टोरका कर्मचारी राकेश राउत पटेलको चाेरी भएको मोटरसाइकल सहित सशस्त्र प्रहरी निरीक्षक खड्का र जवान राेबिनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
मलंगवा नगरपालिका ९ का पटेलको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल गत फागुन १२ गते चोरी भएको थियो। भने सशस्त्र प्रहरीले वैशाख ४ गतेदेखि सरकारी नम्बर प्लेट लगाएर प्रयाेग गरि रहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
गत ४ गते नुतन आयल स्टोरमा पेट्रोल भर्न आएको पटेलको मोटरसाइकलमा सरकारी नम्बर प्लेट लगाइएको थियो। सरकारी नम्बर प्लेट भएता पनि पटेलले आफ्नो मोटरसाइकल चिनेपछि सशस्त्र प्रहरी निरीक्षक खड्काले आफुलाई धम्की समेत दिएका पटेलले बताए ।
अपशब्द प्रयोग गर्दै सशस्त्र प्रहरीका अन्य जवानले पनि मोटरसाइकल धनी पटेललाई सवारी तिम्रो भएको खण्डमा जे पनि हुन सक्ने भन्दै धम्काएका पटेलले बताए। पटेल र स्थानिय अन्य सर्वसाधारणले सशस्त्र प्रहरी निरीक्षक खड्का र सशस्त्र प्रहरी जवान रोबिनलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिई होहल्ला गर्दा समेत मोटरसाइकल पक्राउ परेको हो र भन्सारमा बुझाउन लैजाने लागेको हो नभनी उल्टै धम्की दिएका सशस्त्र प्रहरीले ४ गते चेकजाँचको क्रममा पक्राउ गरी तेल नभएको हुँदा चल्न नसकेको कारण देखाउँदै पेट्रोल भर्ने क्रममा पक्राउ परेको बताएका थिए।
सशस्त्र प्रहरी सिमा सुरक्षा वल(बिओपी) खुटाैनाबाट भन्सारको दुरी करिब डेढ किलोमिटरमा रहेकाे भए पनि बिओपीबाट करिब ६ किलाेमिटरकाे दुरीमा रहेकाे नुतन आयल स्टोरमा तेल हाल्न जानू र भन्सार बुझाउन माेटरसाईकल लैजान लागेकाे भन्नुले पनि शसस्त्र प्रहरी निरिक्षक खड्का र जवान राेबिनकाे नियतमाथी शंका गर्न सकिन्छ ।
सशस्त्र प्रहरी निरीक्षक खड्का र जवान राेबिनलाई जोगाउन शसस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीकै निर्देशनमा नक्कली मुचुल्का तयार पारिएको समेत स्थानीयले बताएका छन् । सशस्त्र प्रहरी निरीक्षक खड्का र जवान राेबिनलाई चोख्याउन शसस्त्र प्रहरी उपरीक्षक भण्डारीले नक्कली मुचुल्का तयार पार्न लगाई अनुसन्धानको लागि गणमा तानेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले वैशाख ४ गते नै मोटरसाइकल पक्राउ गरेको र तेल नभएकोले हाल्न त्यहाँ जाँदा पक्राउ परेको बताउँदै ४ गते पक्राउ परेको मुचुल्का सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीमा राखिएको बताएका छन् ।
सशस्त्र प्रहरी निरिक्षक खड्का र जवान र राेबिनलाई चाेरीकाे माेटरसाईकल सहित पक्राउ गरिएको भन्ने विषयमा शसस्त्र प्रहरीलाई नै साेध्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले आग्रह गरे।
यता मोटरसाइकल धनी पटेललाई सशस्त्र प्रहरीले अनेक प्रलोभन दिइरहेको र घटना मिलाउनको लागि दबाब दिइरहेको पनि स्रोतको भनाइ छ। बुधवार पीडितलाई सशस्त्र प्रहरीले छलफलको लागि भनेर बोलाएको स्रोतको भनाइ छ।