Close This

प्रेस सेन्टर नेपाल सर्लाहीको प्रथम जिल्ला अधिवेशनबाट गौरबको अध्यक्षतामा २१ सदस्य जिल्ला कमिटि सर्वसहमत घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-३ गते   १४२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंखर पहाडी(गौरब) चयन हुनुभएको छ । शुक्रबार(आज) सर्लाहीको बागमतीमा भएको ऐतिहाँसिक प्रथम जिल्ला अधिवेशनले गौरबको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत घोषणा गरेको हो ।
प्रथम जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शर्मिला रमौली खुल्ला तर्फबाट र राजेश थापा समावेशी तर्फबाट सचिवमा रमेश अधिकारी(रितिक), सह सचिवमा राधेश्याम कुशवाह, खुल्लाबाट र विनु जिम्वा समावेशीबाट, कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारी सर्वसम्मत चयन भएका प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)ले जानकारी दिनु भयो ।
त्यसैगरी निकिता आस्थानी मगर,तिलक कार्र्की,स्वस्तीका दाहाल,गणेश खड्का, राजेश थापा, , ज्योती लामा,चन्द्र जिम्वा,रामनारायण साह,रोहित पटेल,मोहन नेपाल, असोज यादव,जितेन्द्र कुशवाह,हरि निरौला र मुशेक मिश्र  सदस्यहरूमा चयन भएका छन् ।
त्यसैगरि प्रदेश प्रतिनिधिका लागि विमल नगरकोटि(अभिषेक) र प्रेमनाथ पौडेल र केन्द्रीय प्रतिनिधिको लागि भक्ति रिजाल र प्रेमनाथ पौडेललाई सर्वसहमत सिफारिस गरिएको प्रेस सेन्टर नेपाल सर्लाहीले जनाएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश २ का संयोजक किरण कर्णको प्रमुख आतिथ्यता तथा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनको भक्ती रिजालले अध्यक्षता गर्नु भएको थियो । प्रथम जिल्ला अधिवेशनमा नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता तथा बागमति नगरपालिकाका नगर प्रमुख भरत थापा,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्दन पोख्रेल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । 
नवनिर्वाचित अध्यक्ष गौरबले आफ्नो नेतृत्वको संगठनले सक्रिय र श्रमजीवी पत्रकारहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । उहाँले जिल्लामा कार्यरत पत्रकारहरुको वृति विकासमा प्रेस सेन्टर नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै पत्रकारितालाई सभ्य र अनुशासित बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल पत्रकार महासंघ सर्लाहीले जिल्लाका सक्रिय पत्रकारहरुलाई उपेक्षा गरेको बताउँदै अब त्यस्ता पत्रकारहरु एकिकृत भएर पत्रकार महासंघको विरुद्धमा गोलबद्ध भएर लाग्नु पर्ने अवस्था सृजना भएको बताउनुभयो । उहाँले पेशागत रुपमा जुनसुकै पार्र्टीको सदस्यता लिएको भएपनि आफुले चलाउने कलमले पार्र्टीगत आस्था नलेख्न र आफुले पनि पार्र्टीको गन्ध आउने गरि कलम नचलाउने पनि बताउनु भयो ।
साथै नेपाल पत्रकार महासंघ सर्लाहीले जिल्लाका धेरै  सक्रिय पत्रकारहरुलाई समावेश गर्न नसकेको बताउँदै अवको नेपाल पत्रकार महासंघ सर्लाहीको निर्वाचनमा प्रेस सेन्टर नेपालले त्यस्ता पत्रकारहरुलाई महासंघमा समावेश गराउन सबै शक्तिको प्रयोग गर्ने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech