जिल्ला प्रशासन कार्यालय सर्लाही नयाँ भवनबाट

322 Shares

 जिल्ला प्रशासन कार्यालय सर्लाही आईतबारबाटबाट नयाँ भवनमा सरेको छ।हाल जिल्ला विकास समितिको जग्गामा निर्माण भएको पुर्वाधार विकास कार्यालयको भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला प्रशासन कार्यालयले सोमबारबाट पुर्ण रुपमा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।आफ्नै भवनमा कार्यालय सर्ने भएकाले सबै सामाग्रीहरु मिलाउनु पर्ने भएकाले आईतबार अफ्ना सबै सेवा बन्द रहने र सोमबारबाट सबै सेवा पुन सुचारु हुने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना नै जारी गरेको छ ।नवनिर्मित भवनबाट केही समयअघि देखि नै राष्ट्रिय परिचय पत्रको काम हुँदै आएको थियो ।
भने अब भवन निर्माणको सम्पूर्ण काम सक्किसकेकाले सोमबारदेखि पूर्वाधार विकास कार्यालयको भवन छाडेर सबै सेवा आफ्नै नयाँ भवनबाट प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न शुक्रबारदेखि नै कागजात र अन्य सामग्री सार्ने काम भइरहेको छ ।केही सामग्री सार्न र व्यवस्थापनको काम बाँकी रहेकाले आइतबारएक दिनका लागि सम्पूर्ण सेवा ठप्प रहने कार्यालयले जनाएको छ ।
साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालयको व्यवस्थित किसिमको तीन तले नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले बताए ।उनका अनुसार नव निर्मित भवनको उप प्रधान एवम गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।

सम्बन्धित समाचार