पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि भएको सवारी दुर्घटनामा ज्यान गुमाउने र घाईतेहरुको पहिचान भएको छ । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि शनिबार साँझ करिब साँढे सात बजे नेपाल प्रहरीको मोटरसाईकलसंग ठोकिएर दुर्घटना हुँदा इश्वरपुर नगरपालिका ५ सखुवनीका अन्दाजी २९ वर्षिय सुनिल लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ईलाका प्रहरी कार्यालय कर्मैयाको बा २ ब–५७६६ नम्बरको सरकारी मोटरसाईकल र पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल एक आसपमा ठोक्किँदा प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकलमा सवार लामा रोडमा उछिटिएका र ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबसले किच्दा घटनास्थल मै ज्यान गएको थियो भने सोही मोटरसाईकलका चालक इश्वरपुर नगरपालिका ५ सखुवनी कै अन्दाजी वर्ष २१ का रमेश महतो, बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको सरकारी मोटरसाईकलका चालक ईलाका प्रहरी कार्यालय कर्मैयामा कार्यरत प्रहरी हबल्दार रामशरण न्यौपाने र सोही मोटरसाईकलमा सवार ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी बरिष्ठा नायव निरिक्षक नारायण कुमार दाहाल घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते मध्य प्रहरी हबल्दार न्यौपाने र प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल महतोको धनुषाको लालगढ मोडेल अस्पतालमा उपचार भई रहेको छ भने प्रहरी बरिष्ठ नायव निरिक्षक दाहालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई कार्यालय फर्किएका छन् ।दुर्घटनामा संग्लग्न भएको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल,बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको मोटरसाईकल ईलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा रहेका छन् भने ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबस र त्यसका चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् ।