नेपाल र चीन बीचको सैन्य अभ्यास स्थगित

3.7k Shares

 कोरोना भाइरसको जोखिमका कारण नेपाल–चीनबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ। दुवै देशका उच्च सैनिक अधिकारीबीचको छलफलपछि सैन्य अभ्यास स्थगित गरिएको हो।

अब नेपाल र चीनबीचको सैन्य अभ्यास सन् २०२१ को जनवरीसम्म गरिने छैन। चीनले सैन्य अभ्यास नहुनेबारे नेपाली सेनालाई पत्र पठाएको छ। आगामी जनवरीमा दुवै पक्षबीचको छलफलपछि सैन्य अभ्यासबारे नयाँ मिति तय हुने नेपाली सेनाले जनाएको छ।

गत वर्ष नेपालमा भएको सैन्य अभ्यास यस पटक चीनमा गर्ने कार्यक्रम थियो। दुवै देशबीच २०७४ सालदेखि सैन्य अभ्यास गर्दै आएका थिए। नेपाली सेनाले भारत, अमेरिकाभारतलगायत देशसित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

सम्बन्धित समाचार