Close This

नेकपा सर्लाहीका नेता गौतमको श्रद्धाञ्जली सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   २७१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्ज टिकुलियाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधनमा दुःख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेकपा सर्लाही जिल्ला कमिटीले स्व.नेता गौतमको १३ औँ दिनको पुण्य तिथीमा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको अध्यक्षता एवम केन्द्रीय सदस्य अच्यूतम काफ्लेको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य एवम पार्टीका नेता रवीन्द्र बैठा, नेताहरु लक्ष्मण पौडेल, प्रदेश तथा जिल्ला कमिटी र नगर कमिटीमा आवद्ध नेता तथा कार्यकर्ता, पार्टीबाट निर्वाचित लालबन्दी र ईश्वरपुर नगरपालिकाका जनप्रनिनिधि लगायतको उपस्थिति रहेको नेकपा सर्लाहीले जनाएको छ ।
लामो समयदेखि ब्रेन ट्यूमरबाट ग्रसित गौतमको ५९ वर्षको उमेरमा मंसिर २९ गते निधन भएको थियो । उनी सर्लाहीको क्षेत्र नम्वर १ का संघीय सांसद्का प्रत्सासी समेत रहेका थिए । स्व. नेता गौतमले लोकतान्त्रिक आन्दोलनमा अमूल्य भूमिका निर्वाह गरेको भन्दै नेकपा जिल्ला कमिटी सर्लाहीले स्व. नेता गौतमको परिवारलाई सम्मान स्वरुप कदर प्रदान गरेको जिल्ला कमिटी अध्यक्ष पन्तले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष पन्तले केन्द्रमा झगडा भएको जस्तो भएपनि पार्टी विभाजन नभएको बताउँदै जिल्लामा आफू नेतृत्वको कमिटी बाहेक अर्को कुनै कमिटी वा निकाय नरहेको दावी गर्नु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech