नौ वटा स्थानीय तहहरु रहेको सिन्धुलीका छ वटा स्थानीय तहले बेथिति उजागर हुने डरले सूचना लुकाउने गरेका पाइएको छ ।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३,७,९ र १० का साथै नेपालको संविधान,२०७२ को धारा २७ मा भएको सूचनाको हक सम्बन्धी व्यवस्था अनुसार सूचना उपलब्ध गराई पाँऊ भन्दै २०८१ मंसिर १० गते जिल्लाका सबै नौ वटै स्थानीय तहहहरुमा पेश गरिएको निवेदनकोे जिल्लाका छ वटा स्थानीय तहहरुले हाल सम्मपनि सूचना उपलब्ध नगराए पछि बेथिति उजागर हुने डरले सूचना लुकाउने गरेका पाइएको हो ।
२०८१ मंसिर १० गते आवश्यक सूचना उपलब्ध गराई पाँऊ भन्दै “जिल्लाका सबै स्थानीय तहहरुका सूचना अधिकारीहरुलाई सम्बोधन गरी आर्थिक वर्ष २०८०÷२०८१ को सरकारी सवारी साधनको मर्मत सम्भार खर्च र इन्धनको खर्च विवरण,सो आर्थिक वर्षको खाजा खर्च तथा अथिति सत्कार खर्च विवरण,गाउँपालिका तथा नगरपालिकाले भाडामा प्रयोग गरेका सवारी साधनहरुको आकार, संख्या र खर्च विवरण,कुन कुन मिडिया÷मिडियाकर्मीहरुलाई के कति भुत्तानी दिएको सोको विवरण, मेशिनरी तथा फर्निचर खरिद विवरण,सेवा तथा परामर्श शीर्षकमा भएका खर्च विवरण,करारमा नयाँ नियुक्ति तथा म्याद थप नवीकरण गरिएका कर्मचारीहरुको विवरण,कुल योजना संख्या,योजनाको प्रगति, योजनाको म्याद,योजनाका लागि सम्झौता गरिएको उपभोक्ता समिती र निर्माण व्यावसायीहरुको नाम र ठेगाना सहितको विवरण,मसलन्द तथा स्वास्थ्य सामग्री खरिद र वितरण,नदिजन्य÷खानीजन्य सामग्रीको उत्खनन,भण्डारण,बिक्री वितरण र संकलन भएको राजश्वको विवरण र आन्तरीक राजश्व संकलन शिर्षक र विवरण सहित चालू आर्थिक वर्ष २०८१÷२०८२ को पहिलो त्रैमासिकमा स्वतः प्रकाशन गरे÷नगरेको साथै गरेको भए सो को विवरण”उपलब्ध गराई पाउँ भन्दै निवेदन पेश गरिएकोमा जिल्लाका कमलामाई र दुधौली नगरपालिका सहित गोलन्जोर गाउँपालिका बाहेक बाँकी रहेका छ वटा पालिकाले सूचना उपलब्ध नगराएका हुन ।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको सिन्धुलीका हरिहरपुरगढी, मरिण, घ्याङ्लेक, सुनकोशी,फिक्कल र तीनपाटन गाउँपालिकाले हाल सम्मपनि सूचकले माग गरे बमोजिमका कुनैपनि सूचना उपलब्ध गराउनु पर्ने समयावधि पुरा भई सकेको भएपनि उपलब्ध नगराएपछि बेथिति उजागर हुने डरले सूचना लुकाउने गरेका पाइएको हो।राष्ट्रिय सुचना आयोग, काठमाण्डौ नेपाललाई बोधार्थ लेखि नौ वटा बुँदामा सामान्य सूचनाहरु माग गर्दा पनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन्।
सूचनाको हक सम्बन्धी एैनमा व्यवस्था के छ?
नेपालको सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ३ ले नागरिकलाई सूचना माग गर्ने अधिकार सुनिश्चित गर्दै सूचना माग्ने हकको सुनिश्चितता गरेको छ । प्रत्येक नागरिकलाई कुनै पनि सार्वजनिक निकायसँग आवश्यक सूचना माग गर्न पाउने हक ऐनमा व्यवस्था गरिएको छ।नागरिकले सार्वजनिक निकायसँग लिखित रूपमा वा अन्य उपयुक्त माध्यमद्वारा सूचना माग गर्न सक्ने व्यवस्था रहेको छ भने,सार्वजनिक निकायमा माग गरिएको सूचना दिन अस्वीकार गर्न नपाउने तर अन्य कानूनी प्रावधान अन्तर्गत गोप्य वा प्रतिबन्धित नगरिएका सूचनाहरु उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था छ।जनताको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न, जनताका लागि सरकारका काम, निर्णय र प्रक्रियाको पहुँचयोग्यता सुनिश्चित भन्दै नेपालको संविधान २०७२ को धारा २७ ले समेत सूचनाको हकलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ।
सूचनाको हक सम्बन्धी २०६४ को परिच्छेद २ को ४ मा सार्वजनिक निकायको अभिलेखमा सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना भए सूचना अधिकारीले प्रवाह गर्न मिल्ने सूचना छुट्याएर निवेदक(सूचक)लाई उपलब्ध गराउनु पर्ने छ ।भनिएको भएपनि कारण विनै सर्लाहीका स्थानीय तहहरु पन्छिने गरेका छन् ।नेपालको सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ३,७, ९ र १० ले सूचनाको हकलाई कार्यान्वयन गर्न सम्बन्धित निकाय र प्रक्रियासम्बन्धी व्यवस्था गरेको छ।कुनै पनि सार्वजनिक निकायले आफ्नो कार्य,निर्णय र गतिविधिबारे नागरिकलाई जानकारी दिनुपर्नेछ। भने प्रत्येक सार्वजनिक निकायले आवश्यक सूचनाको अभिलेख व्यवस्थित र अद्यावधिक रूपमा राख्नुपर्नेछ।सो व्यवस्थामा उल्लेख गरिएको छ ।
साथै,कुनै पनि नागरिकले सार्वजनिक निकायसँग लिखित रूपमा सूचना माग गर्न सक्ने, निवेदनमा माग गरिएको विषय स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने,सूचना माग्न चाहने व्यक्तिले पहिचान खुल्ने विवरण (नाम,ठेगाना) दिनुपर्ने, सूचना माग गरेपछि सार्वजनिक निकायले १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने साथै यदि सूचना दिन अस्वीकार गर्नुपर्ने कारण भएमा,सोको स्पष्ट जानकारी मागकर्तालाई १५ दिनभित्र दिनुपर्ने छ।भनिएको छ ।
माग गरिएका सूचनाको प्रकृति हेरी सार्वजनिक निकायले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्ने र यदि कुनै व्यक्तिको जीवन वा स्वतन्त्रतासँग सम्बन्धित अत्यावश्यक सूचना भएमा २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने,यदि निकायले सूचना दिन विलम्ब वा अस्वीकार गरेमा,त्यसको कारण स्पष्ट गर्नुपर्ने ऐनमा व्यवस्था छ ।
संविधानमा सूचनाको हक सम्बन्धी व्यवस्था के छ ?
नेपालको संविधान,२०७२ को धारा २७ ले सूचनाको हकसम्बन्धी व्यवस्था गरेको छ ।जसमा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग्न र प्राप्त गर्न पाउने हक हुनेछ।तर, यो हक कानूनद्वारा निर्धारित गरिएका गोपनीयताका विषयहरूमा लागू हुने छैन्।भनिएको छ।सोही धारामा हरेक नागरिकले सार्वजनिक सरोकारका कुनै पनि विषयमा जानकारी लिन पाउने मौलिक अधिकारको प्रत्याभूति गरिएको छ।त्यस्तै,राष्ट्रिय सुरक्षा,गोप्य जानकारी, व्यक्तिगत गोपनीयता आदिमा यो हक सीमित हुने भनिएको छ ।तर, पछिल्लो पटक निवेदन दिएको पनि करिब एक महिना हुँनै लाग्दा पनि जिल्लाका स्थानीय तहहरु कानमा तेल हालेर बसेका छन्। जिल्लाका कतिपय स्थानीय तहहरुले आफ्नो सामाजिक सञ्जाल वेभ साईट समेत अपडेट गरेका छैनन् भने अधिकांश स्थानीय तहहरुका इमेल ठेगाना प्रयोग विहिन रहेका छन्।