कौडेनाले सञ्चालन गर्यो निःशुल्क औषधी सहितको सामुदायिक अस्पताल,

313 Shares

सर्लाहीको कौडेना गाउँपालिकाले १५ शैयाको सामुदायिक अस्पताल पुर्ण रुपमा सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाको एक करोड भन्दा बढीको लागतमा कौडेना गाउँपालिका २ स्थित फुलपरासीमा १५ शैयाको सामुदायिक अस्पताल पुर्ण रुपमा सञ्चालनमा ल्याएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार राय यादवले बताए ।
गाउँपालिकाबासीलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि मलंगवा जानु पर्ने बाध्यतालाई मध्य नजर गर्दै आफु गाउँपालिका अध्यक्ष भएपछि गाउँपालिकाको एक करोड भन्दा बढीको लागतमा १५ शैयाको सामुदायिक अस्पताल निर्माण गरि पुर्ण रुपमा सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष रुपेशले बताए ।

“कौडेना गाउँपालिका २ स्थित फुल परासीमा जहाँ अहिले सामुदायिक अस्पताल सञ्चालन भई रहेको छ त्यहाँ करिब डेढ वर्ष पहिला कुनैपनि संरचना थिएन् त्यस्तो ठाउँमा आज कौडेना गाउँपालिकाले आफ्नै १५ शैयाको सामुदायिक अस्पताल सञ्चालन गरेको छ।सामान्य रु २५ देखि ४० मा टिकट लिएर मेडिकल अधिकृत(एम.बिबि.एस) डाक्टरले स्वास्थ्य सेवा दिई रहेको छ ।४३ जना स्वास्थ्य कर्माचारीहरुले ओपिडि,इर्मजेन्सि,नाक,कानु,घाँटी,मुख,स्त्री तथा प्रसुती,बाल रोग,एक्सरे,भिडियो एक्सरे,ल्याव(प्रयोशाला) तथा निःशुल्क औषधी सहित निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरि रहेको छ।”कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशले बताए ।
गाउँपालिका मै सुविधा सम्पन्न स्वास्थ्य सेवा पुर्ण रुपमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।अटोमा भाडा रु ८० तिरेर मलंगवा गएर सामान्य औषधी उपचार गर्न बाध्य भएका कौडेना गाउँपालिका बासी कौडेना गाउँपालिका २ स्थित फल परासीमा सुविधा सम्पन्न स्वास्थ्य सेवा सहितको सामुदायिक अस्पताल सञ्चालनमा आएपछि सहज रुपमा उपचार पाउँदा खुसी भएका कौडेना गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सबै भन्दा पहिला मानिस स्वास्थ्य रह्यो भने मात्र उसलाई शिक्षा,रोजगारी,विकास निर्माण र जीवनमा आवश्यक पर्ने अन्य आवश्यकताहरु क्रमस पुरा हुँदै जान्छन् भन्ने मान्यताका साथ कौडेनाका जनतालाई सामान्य खालका स्वास्थ्य समस्या देखा पर्नासाथ उपचारका लागि कहाँ जाने भन्ने चिन्ताबाट मुक्त गराउन कौडेना गाउँपालिकाका सबै जनप्रतिनिधिहरु एक भएर लागेका कौडेना गाउँपालिकाकी उपाध्यक्ष नगिना देवीले बताईन् ।
“कौडेना गाउँपालिका हामीहरु निर्वाचित हुनु पुर्व सामान्य ज्वरो आउँदा र झाडापखाला लाग्दा पनि अन्यन्त्र जानु पर्ने बाध्यताबाट कौडेना गाउँपालिका २ फुल परासीमा सामुदायिक अस्पताल निर्माण भई सञ्चालनमा आएपछि बासी मात्रै नभई छिमेकी स्थानीय तहहरुका जनताले पनि गाउँ मै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् ।”गाउँपालिका उपा अध्यक्ष नगिना देवीले भनिन् ।
एक जना एम.विवि.एस सहित ४३ जना स्वास्थ्य कर्माचारीहरु रहेको सामुदायिक अस्पतालमा अहिले दैनिक ५० जना भन्दा धेरै बिरामीहरु उपचारका लागि आउने गरेका कौडेना गाउँपालिका २ फुल परासीमा सामुदायिक अस्पतालका प्रमुख डा.रणधिर यादवले बताए ।उनका अनुसार गरीब,विपन्न तथा गाउँपालिकाबासीलाई २५ देखि ४० रुपैयाँको टिकटमा एम.विवि.एसले चेकजाँच  गर्ने,मलंगवाको भन्दा न्युन शुल्कमा ल्याव(प्रयोगशाला)का साथै सबै प्रकारका औषधीहरु निःशुल्क वितरण भई रहेको छ ।
कौडेना गाउँपालिकाको विकास निर्माणका साथै कौडेनाबासीको अति आवश्यक कुरामा अहिलेका जनप्रतिनिधिहरुले काम गरेको देख्न नसक्नेहरुले विरोध गर्ने गरेका स्थानीयले बताए ।गाउँपालिकाका विभिन्न स्थानहरुमा शुद्ध पिउने पानीको व्यावस्था हुनुका साथै अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको तुलनामा अहिलेका जनप्रतिनिधिहरुले निकै काम गरेका र त्यो काम देखेर तर्सिएका केही मानिसहरुले राम्रो कामको पनि नकारात्मक कुरा गर्ने गरेका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार