Close This

सर्लाहीमा सम्झौता विपरीत नदी उत्खनन, सरोकारवाला मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१५ गते   २२३ पटक हेरिएको

सर्लाहीको बाँके र कालीन्जोर खोलामा नदीजन्य पदार्थको गैरकानुनी रुपमा दोहन भइरहेको स्थानीयले दाबी गरेका छन्। ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोल क्षेत्रस्थित बाँके खोला र लालबन्दी नगरपालिका ५ र १७ को सिमानामा रहेको कालीन्जोर खोलाबाट ठेकेदार कम्पनीले सम्झौता विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको स्थानियको आरोप छ ।
पूर्व–पश्चिम लोकमार्गमा पर्ने बाँके चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको श्रीनगर घाटटोल नाकामा गहिरो गरी खनेर गिट्टी तथा बालुवा निकालेको भन्दै स्थानीयले उत्खननमा रोक समेत लगाएका थिए। तर, रोकिएको भोलिपल्ट नै पुनः उत्खनन थालिएको ईश्वरपुर नगरपालिका–१३ का राकेश महतोले बताएका छन् । 
त्यस क्षेत्रमा अहिले सातवटा स्काइभेटर र एक सयभन्दा बढी टिपरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको महतो बताउँछन्। गिट्टी तथा बालुवा निकाल्दा खनिएका १२ देखि १५ फिट गहिरो खाडलको प्रमाण मेटाउन ईश्वरपुर नगरपालिकाका पदाधिकारी नै लागि परेको स्थानीयको आरोप छ । नगरप्रमुख मनोज देवकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा र वडा नम्वर १३ का वडाध्यक्ष रामकरण महतोलाई नदीजन्य पदार्थ उत्खननबारे पटकपटक जानकारी गराउँदा समेत सुनुवाइ नभएको महतोको भनाइ छ। उनले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधि समेतको मिलेमतोमा अवैध रुपमा उत्खनन् भइरहेको आरोप लगाएका छन् ।
नगरप्रमुख देवकोटाले स्थानीहरुले ठेकेदार कम्पनीले बदमासी गरेको भन्ने सूचना दिएको बताउनु भयो । उहाँले सम्झौता विपरीत उत्खनन भएको पाइए कारबाही गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार ईश्वरपुर–१३ श्रीनगर घाटटोलस्थित बाँकेखोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइ र ४ लाख ५० हजार ८८५ घनमिटर गिट्टी बालुवा निकाल्न मिल्ने गरी गत मंसिर १८ गते रु १ करोड ८ लाखमा नगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको जानकारी दिनु भयो । 
ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो नदीजन्य पदार्थ उत्खननको अनुमति पाएको शिवम् कन्ट्रक्सन जनकपुर–४ धनुषाले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको स्वीकार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत देवकेटाले पनि सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा ठेकेदारले जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन गरिहेको बताउनु भयो । उत्खनन भएको ठाउँबाट २ सय मिटर पश्चिममा रहेको श्रीनगर घाटटोल गाउँ बाँकेखोलाको उच्च जोखिमा छ । त्यस्तै वडा नम्बर १२ को कान्छीबजार लगायत दर्जनौं गाउँ डुबान र उर्वरभूमि कटानको चपेटामा पर्ने स्थानीय गोपाल बम्जनले बताउनु भयो ।
जथाभावी गहिरो खाडल खनेर वस्तीलाई जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन गर्न नहुने बम्जनको भनाइ छ। ठेकेदार कम्पनीले गिट्टी तथा बालुवा निकाल्न १२ देखि १५ फिटभन्दा गहिरो खाडल खनेको स्थानीयको भनाइ छ। अहिले उत्खनन् भइरहेको स्थानमा गिट्टी तथा बालुवा निकाल्दा बनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर २०७५ असार १४ मा ईश्वरपुर–१३ श्रीनगर घाटटोलका ११ वर्षीय सुमित यादवको मृत्यु भएको भियो।
उनको मृत्युपछि असार १५ मा पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाँकेचोकमा प्रदर्शन समेत भएको थियो । सो समयमा प्रहरीको गोली लागेर स्थानीय २५ वर्षीय सरोजसिंह कुशवाहको मृत्यु हुनका साथै केही स्थानियबासी र प्रहरहिरु पनि घाइते भएका थिए।  सर्लाही र महोतरीको सिमा भएर बग्ने बाँके खोलामा ठेकेदार कम्पनीले गुण्डागर्दी शैलीमा नदीजन्य पदार्थको ब्यापक दोहन गरिरहेको पाइएको छ ।
त्यसैगरी लालबन्दी नगरपालिका ५ र १७ को सिमानामा रहेको कालीन्जोर खोलामा पनि ३ वटा स्काइभेटर लगाएर अबैध तरिकाबाट नदी दोहन गरिएको छ । नगरपालिकाको पुस ६ गतेको निर्णय भन्दै पत्र बनाएर दिइएको भएपनि नगरपालिकाको पुस ६ गते बैठक नबसेको पाइएको हो । लालबनद्यी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ पोख्रेलका अनुसार आफु पुस ६ गते नगरपालिकामा नै रहेको र पुस ६ गते नगरपालिकाको बैठक नै नबसेको साथै नगरले ५ हजार घनफिट बालुवा तथा ग्राभेल निकाल्न दिने निर्णय पनि नगरेको बताउनु भयो । उहाँले आफु पुस ७ र ८ गते नगरपालिकाको कामको सिलसिलामा कार्यालय बाहिर गएको समयमा केही कर्माचारीहरु र जनप्रतिनिधिहरुले बेक्ष्मानी गरेका हुन ।  
राष्ट्रिय गौरवको आयोजना पुर्व पश्चीम रोल मार्गको पुल नजिकै अवैध तरिकाबाट तीनवटा स्काइभेटर लगाएर वडा नम्बर १७ का वडा अध्यक्ष नवराज अधिकारीको मिलेमतोमा अवैध तरिकाबाट नदी दोहन भएको स्थानियले आरोप लगाएका छन् । लालबन्दी नरगपालिका १७ को बाटो स्तरोउन्नतीको लागि भन्दै वडा कार्यालयले दिएको निवेदनको आधारमा आफुहरुले सिफारिस दिएको तत्कालीन निमिक्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले बताउनु भयो । तर वडा कार्यलयको निवेदनका आधारमा वडा नम्बर १७ को करिब ३ किलो मिटर बाटोको स्तरोउन्नती भन्दै दोहन भएको खोलामा मेसिन सञ्चालन हुनु, ५ हजार घनफिट विना ठेक्का दोहन गर्न सिफारिस दिनु र सरकारी कामको नाममा लिएको सिफरिसले निजी व्यक्तिहरुले घर बनाउन सोही स्थानबाट नदी दोहन गर्नुले कर्माचारी जनप्रतिनिधिहरु र केही ठेकेदार तथा तस्करहरुको मिलेमतो रहेको भन्दै स्थानियले आक्रोस समेत व्यक्त गरेका छन् ।
सो विषयमा स्थानियले नगर प्रमुख उप प्रमुख,प्रमुख प्रशासकिय अधिकृत र स्थानियप्रहरी प्रशासन लगायतलाई जानकारी गराएको बताएका छन् । तर सरोकारवाला निकाय मौन देखिनुले मिलेमतो रहेको हुन सक्ने उनिहरुको आशंका रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech