एमाले अध्यक्ष ओली,सर्लाही आउने भाेली

3.2k Shares

नेकपा (एमाले) का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री  केपी शर्मा ओलि सर्लाही  आउनु हुने भएकाे छ । सर्लाहीको मलङ्गवा नगरपालिका २ मा आयोजना हुने चुनावी प्रचार प्रसार तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्न अध्यक्ष ओली सर्लाही आउनु हुने नेकपा(एमाले)सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिनु भयो ।
बैशाख ३ गते आयोजना हुन लागेको विशाल आमसभा तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न पार्टि अध्यक्ष ओली सहीत पार्टीका मधेश प्रदेश ईन्चार्ज एवम पुर्व मन्त्री रधुविर माहाशेठ,केन्द्रीयस्तरका नेताहरु सर्लाही आउने एमाले सर्लाहीले जनाएको छ । 
एमाले अध्यक्ष ओली हेलिकप्टर मार्फत बैशाख ३ गते दिउँसो करिब १ बजे कार्यक्रम स्थालमा आउने र उहाँले करिब ५ हजार जना विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने कार्यक्रम रहेकाे एमाले सर्लाहीका उपा अध्यक्ष एवम प्रचार प्रसार विभाग संयाेजक विदुर प्याकुरेलले जानकारी दिनुभयाे ।
बिहिवार हरिवनमा पत्रकार सम्मेलनकाे आयाेजना गरि पुर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओली सर्लाही आउने विषयमा जानकारी गराईएकाे हाे ।  सर्लाहीका  अधिकांस स्थानिय तहमा जीत हाँसील गर्ने उद्देश्यका  साथ ओली सर्लाही आउन लाग्नु भएको एमाले नेता केदार मैनालीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार