Close This

लालबन्दीमा नेविसंघद्धारा सरकारको विरुद्धमा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   ४९१ पटक हेरिएको

लालबन्दीमा नेविसंघद्धारा सरकारको विरुद्धमा प्रदर्शन गर्दै गर्दाको तस्बीरः फोटो सहकर्मी रितिक अधिकारी

सर्लाहीको लालबन्दीमा पनि सरकारको बिरुद्धमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । देशैभरी सरकारको बिरुद्धमा प्रदर्शन भईरहेको समयमा सोमबार सर्लाहीको लालबन्दीमा नेविसंघले बिरोध प्रदर्शन गरेको हो । 
नेपाल विद्यार्थी संघ जनज्योती बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले पिसिआर किनौँ कार्पेट होईन,१० अर्वको उपचार,प्रहरीको लाठी अनी संक्रमण बारम्बार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए । सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी गर्नुपर्ने माँग राख्दै युवाहरुले सोमबार दिउँसो लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरेको नेपाल विद्यार्थी संघका नेता युवराज देवकोटाले बताउनु भयो  । 
स्वस्फूर्त रुपमा युवाहरुले सामाजिक तथा भौतिक दुरी कायम गर्दै प्ले कार्ड बोकेर सरकारको विरुद्धमा प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका अर्का नेता मनोज बख्रेलले जानकारी दिनुभयो । विरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका  पुर्व जिल्ला सभापति लक्ष्मण राय,क्षेत्रीय सभापति प्रमोद बराल लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको  उपस्थिती रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech