लालबन्दीका ५० जना किसानलाई आइपीएम तालिम

943 Shares

गणेश खड्का
सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न दुई वटा वडाका ५० जना  किसानहरुलाई आइपिएम तालिम प्रदान गरिएको छ । लालबन्दी नगरपालिका १० र ११ का ५० जना किसानहरुलाई आइपिएम तालिम प्रदान गरिएको लालबन्दी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
बढ्दो रासायनिक विषादीको प्रयोग घटाई जैविक विषादीको प्रयोग बढाउने उद्देश्यले लालबन्दी नगरपालिका १० का २५ जना र लालबन्दी नगरपालिका ११ का २५ जना गरी ५० जना तरकारी खेती गर्ने किसानहरुलाई सहभागी गराई आइपिएम तालिम प्रदान गरिएको लालबन्दी नगरपालिकाका प्रमुद प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । उनका अनुसार किसानहरुलाई १६ हप्तासम्म जैविक विषादी के–कसरी उत्पादन गर्ने ? भन्ने विषयमा सिकाईएको हो ।
लालबन्दी नगरपालिकाभित्रका किसानहरुले पछिल्लो समय तरकारीमा अत्याधिक रासायनिक विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको कुरालाई मध्यनजर गरी आइपिएम तालिम प्रदान गरिएको सिकाइएको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले जानकारी दिए । उनका अनुसार किसानहरुलाई जैविक विषादी र गड्यौला मल तयार पार्न सिकाइएको छ ।

सम्बन्धित समाचार