Close This

भ्रामक समाचारमा मन्त्री सिंहको नाम जोडिएको भन्दै मन्त्रालयद्धारा ध्यानाकर्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   ६०१ पटक हेरिएको

सरकारी मोटरसाइकलमा लागूऔषध ओसारपसार कार्यमा संग्लग्न एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको विषयमा प्रदेश २ का महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहको नाम जोडेर केही मिडियाहरुले भ्रामक समाचार सम्प्रेषण गरेको विषयमा मन्त्री सिंहको सचिवालयले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
बरहथवा नगरपालिका ६ टाँडीबाट पक्राउ परेका धनकौल गाउँपालिकाका कार्यलय सहयोगी जय किशोर सिंहलाई मन्त्री सिंहका आफ्न्त रहेको भनि केही मिडियाहरुले समाचार सम्प्रेषण गरेका थिए । उक्त विषयलाई लिएर मन्त्री सिंहको निजी सचिवालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको र आफ्नो नाम जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्ता भ्रामक,अतिरंजीत र अपुष्ट समाचार सम्प्रेषणले मन्त्री सिंहको सम्मान र प्रतिष्ठामा आँच पुगेको ठहर गर्दै मिडियाहरुलाई हदै सम्मको कार्बाहीको माग गर्दै प्रेस काउन्सीललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा त्यस्ता भ्रामक,अतिरंजीत र अपुष्ट समाचार सम्प्रेषण गर्ने सम्मवाददाता कतैबाट सञ्चालीत वा पुर्वाग्राही भएर समाचार सम्प्रेषण गरेको भन्दै उक्त कार्यको घोर भत्सर्ना गर्दै दोषीलाई हदै सम्मको कार्बाहीको माग गरिएको छ । साथै भ्रामक,अतिरंजीत र अपुष्ट समाचार सम्प्रेषण गर्ने सम्मवाद दातालाई कार्बाही गर्दै क्षमायाचना सहित खण्डन समेत प्रकाशन गरिदिनु पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका–३ का २६ वर्षीय सिंहलाई ना १ ब २२१२ नम्वरको सरकारी मोटरसाइकलमा ३ सय ७१ बोतल कोडिवेल कफ सिरफ सय एमएलको लागूऔषध सहित पक्राउ गरेको थियो । पक्राउ परेका सिंह मन्त्री सिंहका कोही आफन्त नपर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech