Close This

दुर्घटनाको एक वर्षमा पनि संग्लग्न सवारी पक्ता लागेन तर प्रहरी अनुसन्धानमा उत्कृष्ट घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-८ गते   १८० पटक हेरिएको

सर्लाही प्रहरी प्रदेश न २ मा अनुसंधानको मामिलामा  सबैभन्दा उत्कृष्ट ठहरिएको भनिए पनि करिब १ वर्षपहिला नवलपुर मलंगवा सडक खण्डमा भएको सवारी दुर्घटनामा संग्लग्न सवारी साधन अहिले सम्म पनि पक्ता लगाउनु सकेको छैन । भने उक्त दुर्घटना मुद्दामा करिब एक वर्षदेखि निर्दोष व्यक्तिलाई प्रहरीले कानुनी परिबन्धमा पारेको छ ।
 प्रहरीको फितलो अनुसन्धानले निर्दोष व्यक्तिले सजाय काटिरहेका छन् भने दोषी खुलेआम घुमिरहेका छन् । दुर्घटना भएको एक वर्ष वित्दा समेत  प्रहरी कै कारण दुर्घटनाका मृतक तथा घाइतेले क्षतिपूर्ति पाउन सकेका छैनन् ।
गत वर्ष कात्तिक १० गते लालबन्दी नगरपालिका–२ जुटपानीस्थित नवलपुर–मलंगवा सडक खण्डमा ४ जना चढेको प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको थियो भने अन्य तीन जना घाईते भएका थिए । 
दुर्घटनामा स्थानीय अन्दाजी १८ वर्षका अंकुश पासवानको ज्यान गएको थियो भने अन्दाजी वर्ष १८ का निसान्त, २९ वर्षका अंगद र २८ वर्षका रितिक पासवान घाइते भएका थिए । दुर्घटनामा संलग्न चालक ट्याक्टरसहित फरार भएका थिए । इलाका प्रहरी कार्यालय लालबन्दीले उक्त ट्याक्टरको खोजी नै नगरी अर्काे एक ट्याक्टरलाई नियन्त्रणमा लियो र कार्बाही प्रक्रिया अघि बढायो ।  स्थानीय थिरबहादुर खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर खेतामा पराल लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर दुर्घटना गराउँने ट्याब्टरको संज्ञा दिँदै कार्बाही अघि बढाएको प्रहरी अहिले सम्म पनि दुर्घटनामा संग्लग्न ट्याक्टर कुन थियो भन्नेमा अलमलमा परेको छ ।
खड्काको ट्याक्टरका चालक फेकन राम(नथुनिया)लाई विभिन्न डर त्रास देखाई आफूले नै दुर्घटना गराएको स्विकार गर्न प्रहरीले नै लगायो । प्रहरीको धम्कीपछि स्विकार गरेका चालकको बयानको आधारमा सवारी ज्यान तथा अंगभंग मुद्दा दर्ता गरि निर्दाेष ट्याक्टरलाइृ प्रहरीले कार्बाही प्रक्रिया थाल्यो ।
यता, ट्याक्टरधनी खड्काले घटनाको दिन आफ्नो ट्याक्टर घरबाट ननिक्लेको दाबी गर्दै उच्च अदालतमा मुद्धा त जाहेर गरे तर प्रहरी कै कारण दुर्घटना भएको उक वर्ष वित्न लाग्दा पनि दुर्घटना गराउने ट्याक्टर खोजतलास गर्नुको सट्टा प्रहरी दुर्घटना गराउँने ट्याक्टर पक्ता लगाउने केही स्थानियलाई धम्की लाउन शुरु गर्न थालेको छ । 
केही स्थानियको सक्रियाता र दुर्घटना गराउँने ट्याक्टरका सह चालकको वयानका आधारमा दुर्घटना गराउने प्रदेश–२–०१–००१ त ०८१३ रहेको पक्ता लागेपछि प्रहरी निरिक्षक थापाले उक्त ट्याक्टर हो भनि पक्ता लगाउने मानिसलाई आफुले नछाड्ने बताउँदै हिड्न थालेका पाइएको छ । दुर्घटना गराउने ट्याक्टर यहि हो भनि आफुले मुद्धा चलाएको भएपनि दुर्घटना गराउने ट्याक्टर त्यो नभएर अर्काे रहेको पत्तःा लागेपछि आफ्नो जागिरको सवाल रहेको भन्दै उक्त ट्याक्टर पक्ता लगाउने मानिसलाई आफुले कुनैपनि हालतमा नछाड्ने बताउँदे हिड्न थालेको स्थानियले नै बताएका छन् ।
प्रहरीले हतारमा निर्णय गर्नु,दुर्घटना गराउने ट्याक्टर राजनैतिक आडमा रहेका कारण प्रहरीले निर्दाेष ट्याक्टरलाइृ दोषी बनाई मुद्धा चलाउनुले ठुलो आर्थिकचलखेल समेत भएको आशंका पीडित पक्षले समेत गर्न थालेका छन् ।
यता, प्रहरीले उचित अनुसन्धानमा नगरी हतारमा निर्णय गर्दा आफुहरुलाई ‘नखाएको बिष’ लागेको पीडित खड्काले बताएका छन् । प्रहरीले दुर्घटनामा संग्लग्न नै नरहेको ट्याक्टरलाई नियन्त्रणमा लिएर मुद्धा चलाउनुको साथै ट्याक्टर धनीलाई समेत मुद्धा चलाई पीडित खड्कालाई माघ १५ मा पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत सर्लाहीको आदेश समेत भएको थियो । पीडित खड्का झण्डै तीन सातापछि रु डेढ लाख धरौटी बुझाएर थुनामुक्त भए पनि चालक नथुनिया भने अझै जेलमै छन् ।
खड्काले आफू अन्यायमा परेको भन्दै पटक–पटक सरोकारवाला निकायमा गुनासो समेत पोखि रहेका छन्  भनेदुर्घटना गराउने ट्याक्टरका सह चालकले पनि आफु दुर्घटना हुँदा प्रदेश–२–०१–००१ त ०८१३ ट्याटरमा रहेको र दुर्घटना आफु सवार प्रदेश–२–०१–००१ त ०८१३ नम्बरको ट्याक्टरले गराएको बताई रहँदा प्रदेश–२–०१–००१ त ०८१३  ट्याक्टरका चालक सोही दिन देखि फरार भएका भएपनि प्रहरी मौन देखिएको छ ।
त्यसैगरी दुर्घटना सम्बन्धी बयानमा चालकको बयान बाझिँएको छ तथापी पनि प्रहरी मौन छ । दुर्घटना गराउने ट्याक्टर प्रदेश–२–०३–००१ त १२८२ यहि नै हो भनि रहेको छ । प्रहरीको गलत अनुसन्धानका कारण निर्दोष फसिरहेको मानव अधिकारकर्मी रजनीकान्त झाले बताएका छन् ।‘चालकले दिएको बयानमा बाझिने खालका थुप्रै शब्दहरू छन्, त्यती हुँदा पनि प्रहरीले मजबुत छानबिन गर्न सकेको देखिँदैन,’ उनले भने, ‘अनुसन्धान झारा टार्ने भएपछि निर्दोष फस्ने र प्रहरी तथा न्यायालयमाथि विश्वास गुम्ने खतरा बढेको छ ।’
यता चोतर्फी कुरा उठेपछि हिजो मात्रै प्रहरी प्रधानकार्यालयले तानेका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले एक पटक फाइृल झिकाएर फेरी अनुसन्धान गर्ने बताउका थिए । उनको केही महिना अघिको सार्वजनक स्थलमा तास खेलेको भिडियो बाहिरिए पछि काज सरुवा भएको छ ।
यता लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण कुमार पासवानले समेत दोषी पत्ता लगाएर प्रहरीकोमा लग्दा पनि बेवास्ता गरिएको आरोप लगाएका छन् । आफ्नै क्षेत्रमा भएकाले पीडितलाई क्षतिपूर्ति दिने र दोषीलाई कानुनी दायरामा ल्याउनु पर्छ भन्ने पक्षमा आफु पनि लागि रहेको अध्यक्ष पासवानले कमलामाई मिडिया प्रालिलाई बताएका छन् ।
यता विगत लामो समय देखि फरार रहेका प्रदेश–२–०१–००१ त ०८१३  ट्याक्टरका चालक वीजय गिरी घर फर्कियपछ वैशाख ३ मा इलाका प्रहरी कार्यालय हरिपुरमा चालकसहित दुवैपक्ष बस्ने सहमति भए पनि त्यो दिन चालक नै उपस्थित नभएको समेत  वडाध्यक्ष पासवानले बताएका छन् । 
यता, जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले प्रहरी अनुसन्धानकै आधारमा आफूले अदालतमा ट्याक्टरधनी खड्काबाट क्षतिपूर्ति र चालक नथुनियालाई कैद सजाय माग दाबी गरेको बताएका छन् । स्थानिय गाउँ ठाउामा भएको एउटा सवारी दुर्घटनामा संग्लग्न सवारी साधनकोअनुसनधान गरि दुर्घटनामा संग्लग्न सवारी साधन एक वर्ष सम्म पनि पक्ता लगाउन नसक्ने सर्लाही प्रहरी प्रदेश कै अनुसनधानमा उत्कृष्ट भएको सुन्दा आफुलाई आश्चय लागेकोपीडित खड्काले बताएका छन् ।  दुर्घटना गराउने ट्याक्टर अहिले पनि खुलेआम रुपमा सर्लाहीको लालबन्दी,नवलपुर र हरिवन क्षेत्रमा सञ्चालन मै रहेको छ । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech