निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा २ हजार बढीले लिए लाभ,५ सय बढीमा मोतिया विन्दुको समस्या

207 Shares

सर्लाहीको बागमती नगरपालिकाको आयोजनामा विभिन्न स्थानमा भएको निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा बिहीबार सम्म दुई हजार बढीले लाभ लिएका छन् ।तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा बहिीबार सम्म दुई हजार सात सय ९२ जनाले लाभ लिएका बागमती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाको जनजागृति आधारभूत विद्यालय,जनज्योति आधारभूत विद्यालय,जनता नमूना माध्यमिक विद्यालय र जनकल्याण आधारभूत विद्यालय तथा हरिवन नगरपालिका ६ को वडा कार्यालय घुर्काैलीका साथै छिमेकी जिल्ला रौतहटको चन्द्रपुर नगरपालिका १ को आधारभूत विद्यालय मंगलपुर, बरथहवा नगरपालिकाको सामुदायिक भवन हजरिया, हरिपुर नगरपालिकाको जानकीनगर स्वास्थ्य चौकी र बसबरिया गाउँपालिकाको मानपुर स्वास्थ्य चौकीमा संचालन गरिएको आँखा शिविरमा आज(बिहीबार)सम्म दुई हजार सात सय ९२ जनाले आँखा परीक्षण गराएका तीमध्ये पाँच ४९ जनामा मोतिया विन्दुको समस्या देखा परेको हो ।
शिविरमा मोतिया विन्दुको समस्या देखिएका बिरामीहरुलाई बागमती नगरपालिका ५ स्थित रहेको जनता नमूना माध्यमिक विद्यालय सोल्टीमा ल्याएर शुक्रबार(भोलीनिःशुल्क अप्रेसन गराइने आयोजक बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।सो ठाउँमा शुक्रबारसम्म आँखा जाँचसहित मोतिया विन्दुको अप्रेसन क्याम्प चल्ने स्वास्थ्य शाखाका संयोजक रायमाझीले बताए ।
बागमती नगरपालिकाले माघ ३ गतेदेखि आयोजना गरेको निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा माघ १२ गते अर्थात शुक्रबार(भोली समापन हुने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जनाकारी दिए । उनका अनुसार जिल्लाको क्षेत्र नम्बर ३ भरीका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार