चोरीका मोटरसाईकल सम्बन्धित मोसा धनीलाई बुझायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२६ गते   ५७२ पटक हेरिएको

 ईलाका प्रहरी कार्यालय हरिवनले विभिन्न समयमा चोरी भएका मोटरसाईकलहरु सम्बन्धित मोटरसाईकल धनीलाई हस्तान्तरण गरेको छ । 
विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाईकलहरु फेला पारी अनुसन्धान गरी सम्बन्धित मोटरसाईकल धनीलाई खबर गरेर आज९ बुधबार० एक अनौपचारीक कार्यक्रम गरि हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र  गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ईलाका प्रहरी कार्यालय हरिवन मातहतका विभिन्न स्थानमा चेकजाँचको क्रममा फेला परेका ६ वटा मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
प्रदेश ३(००१०( प २६२९,प्रदेश ३(०२(००९ प ७१४६, बा ९० प १०६३स प्रदेश ३(०२(०१६ प ३८२२,ना ६३ प ३७०९ र प्रदेश ३(०३(००१ प ४०२० नम्बरका ६ वटा मोटरसाईकल हस्तान्तरण गरिएको हो । देशका विभिन्न स्थानबाट हराएका मोटरसाईकलहरुमा केही ईन्सोरेन्स कम्पनिलाई हस्तान्तरण गरिएको छ भने केही सम्बन्धित मोटरसाईकल धनीलाई हस्तान्तरण गरिएको प्रहरी निरिक्षक गिरीले जानकारी दिनु भयो । पछिल्लो समय प्रहरी प्रति नागरिकको हेर्ने दृष्टिकोण फरक हुदै गएको अवस्थामा प्रहरी समुदायसंग साझेदारीमा नै छ भन्ने होस,प्रहरीले शुसासनका लागि केही गर्छ । भन्ने अनुभुती दिलाउन पनि प्रहरीको विशेष सक्रियता आवश्यकता रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
सगरमाथा ईन्सोरेन्स र नेस्नल ईन्सोरेन्स कम्पनीका प्रतिनिधिहरुको विशेष उपस्थितिमा सम्बन्धित मोटरसाईकलहरु हस्तान्तरण गरिएको हो । प्रहरीले पनि नागरिकका काम गर्दो रहेछ भन्ने विश्वास सृजना भएको मोटरसाईकल धनी सुनिल गौतमले बताउनु भयो । उहाँका अनुसार प्रहरीले तपाईंको मोटरसाईकल फेला परेको भन्दा  आफुलाई विश्वास नलागेको तर पछि हो रहेछ भन्ने लागेपछि आज मोटरसाईकल पाउँदा खुसी लागेको बताउनु भयो ।
मोटरसाईकल धनी गौतम,राजेश श्रेष्ठ,उपेन्द्र साह,वेद बहादुर गौतम र सगरमाथा जेनेरल ईन्सोरेन्स र नेस्नल ईन्सोरेन्स कम्पनीका प्रतिनिधिलाई मोटरसाईकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिवनले  यस अघि पनि ८ वटा मोटरसाईकल सम्बन्धित मोटरसाईकल धनीलाई हस्तान्तरण गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech