बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएपछि दुधौलीका नगर प्रमुख अधिकारी फरार

346 Shares

सिन्धुलीको दुधौली नगरपालिकाका नगर प्रमुख विरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएको छ।२०८१ बैशाखमा दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी विरुद्ध बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बैशाख ११ गते जाहेरी दर्ता भएको छ ।दुधौलीकी बालिकाले आफुमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा जाहेरी दिएपछि नगर प्रमुख अधिकारी सोही दिनदेखि फरार भएका छन्।

4.jpg
दुधौली नगरपालिकाका नगर प्रमुख अधिकारीको यो कर्तुतले बालबालिकाको क्षेत्रमा काम गरेका विभिन्न संघ÷संस्थाहरुले चलाएका कार्यक्रमहरुमा सहभागी हुने र बालबालिकाका क्षेत्रमा आफुहरु लागि परेको दाबी गर्ने सिन्धुलीका जनप्रतिनिधिहरुको यो घिन लाग्दो उद्धाहरण सतहमा छाएको छ ।
दुधौली नगरपालिकाका नगर प्रमुख अधिकारी विरुद्ध बालिका माथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएपछि घटनास्थलको मुचुल्का उठाउने र पीडितको स्वास्थ्य परीक्षण गर्ने काम पूरा भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मुख थुन्न ३५ हजार
जाहेरीमा नगर प्रमुख अधिकारीले २०८१ वैशाखको तेस्रो वा चौथो साताको शुक्रबार जबर्जस्ती करणी गरेको दाबी गरिएको छ।घटनापछि उत्पन्न मानसिक तनावका कारण आफूले दिन ठ्याक्कै सम्झन नसकेको बालिकाले बताएकी प्रहरीले जनाएको छ।नगर प्रमुख अधिकारीले दूधौली बजारको एउटा क्याफे एण्ड गेष्ट हाउसमा जबर्जस्ती करणी गरेका ती बालिकाले बताईन् ।आर्थिक अवस्था कमजोर परिवारकी ती बालिका दुई वर्षको उमेरदेखि नै मामा घरको आश्रयमा हुर्किएकी थिइन्।आमा बुबा विहिन भएकी ती बालिकाले जसोतसो कक्षा ८ सम्म अध्यायन गरेपनि उनको पढाई छुटेपछि जीविका चलाउँन भन्दै गेष्ट हाउसमा काम गर्न थालेको र मासिक रु आठ हजार तलब पाउने गरेको बालिकाले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।

3.jpg
गेष्ट हाउसमा आइरहने नगर प्रमुख अधिकारी“ठूलो मान्छे”भएको थाहा पाएपछि बालिकाले आफ्ना दाजुको उपचारमा सघाइ दिन आग्रह गरिन्। नगर प्रमुख अधिकारीले पनि बालिकाका मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका दाजुको उपचारमा सहयोग गर्न सक्ने वचन दिए।
जाहेरीमा उल्लेख भए अनुसार त्यसको केही दिनपछि नगर प्रमुख अधिकारीले सहयोग चाहिने भए आफूसँग बस्नुपर्ने बालिकालाई प्रस्ताव गरेका थिए।अनि वैशाख तेस्रो÷चौथो साताको कुनै शुक्रबार करिब १२ बजे दिउँसो गेष्ट हाउसको पहिलो तलाको कोठामा जबर्जस्ती करणी गरे। सोही राति १०÷११ बजे पनि नगर प्रमुख अधिकारी आएर बलात्कार गरे।उक्त रातभर नगर प्रमुख अधिकारी बालिकासँग गेष्ट हाउस मै बसे।“अन्तिम पटक राति करीब ३ बजेतिर पनि त्यस्तो गरे”बालिकाले दिएको जाहेरीमा उल्लदेख गरिएको छ ।

2.jpg
नगर प्रमुख अधिकारी “गर्भ नरहने औषधि किनेर खानू”भन्दै बालिकालाई रु ३५ हजार थमाएर बिहान ५ बजेतिर गेष्ट हाउसबाट निस्किए।“निस्कने वेला अबदेखि मलाई देखे पनि नदेख्या जस्तै गर्नू भने,”बालिकाको जाहेरीमा भनिएको छ।“त्यसपछि पनि ऊनी अरू मान्छेका साथमा गेष्ट हाउसमा आउने गथ्र्यो। म देखेको नदेख्यै गर्थें।”
नगर प्रमुख अधिकारीले भने अनुसार बालिकाले गर्भ नरहने भनिएको औषधि खाइन्।तर पनि उनको महीनावारी रोकियो।त्यसपछि गेष्ट हाउसको जागीर छोडेर मामा घर गई बस्न थालिन्।उनको महीनावारी रोकिएको र वाकवाकी गरेको थाहा पाएपछि हजुर आमाले आमालाई खबर गरिदिइन्।उनकी आमा काठमाडौंमा ज्यामी तथा घरेलु काम गरेर जीविका चलाउँछिन्।आमाले छोरीलाई साउनमा काठमाडौं बोलाइन्।अपराध गर्ने व्यक्ति “ठूलो मान्छे” भएकाले कसरी अघि बढ्ने भनेर उनीहरू केही महीना अलमलमा परे।तर आमाले आँट जुटाएर दशैंअघि छोरीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिन्। अस्पतालले दशैंपछि आउन भनेपछि उनीहरू एउटा निजी क्लिनिकमा गए।त्यहाँ भिडियो एक्स–रे गराउँदा बच्चा ठूलो भइसकेको भन्दै गर्भपतन गराउन रु २५ हजार लाग्ने बताइयो तर खर्च अभावले गर्भपतन गराउन नसकेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।गर्भमा बच्चा हुर्कंदै थियो।त्यही क्रममा बालबालिका सम्बन्धी काम गर्ने एउटा गैर सरकारी संस्थाले बालिकालाई आश्रय दियो।उनले गत फागुनमा प्रसूतिगृहमा बच्चा जन्माइन् ,
प्रहरीकै असहयोग
बालिका संरक्षक संस्थाको सम्पर्कमा पुगेपछि उनलाई भएको अन्यायको २०८० माघ ७ गते महिला तथा बालबालिका मन्त्रालय मातहतको राष्ट्रिय बाल अधिकार परिषद्मा पनि जानकारी पुग्यो।असहाय बालबालिकालाई अस्थायी रूपमा संरक्षण गर्न स्थापित यो निकायले विभिन्न गैर सरकारी संस्थासँग समन्वय गरेर“बाल हेल्प लाइन”चलाउँछ।परिषद्ले तीन दिनपछि माघ १० गते आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइदिन काठमाडौं प्रहरी परिसरलाई पत्राचार ग¥यो।“पीडित संरक्षणका लागि यहीं भएकाले हामीले काठमाडौं प्रहरीलाई अनुसन्धानका लागि भनेका हौं,”परिषद्की कार्यक्रम व्यवस्थापक नमूना भुसालले भनिन् ।

1.jpg
भोलिपल्टै बालिकालाई भेटेर कुराकानी गरेको काठमाडौं प्रहरीको महिला सेलले आफ्नो क्षेत्रा धिकारमा नपर्ने भन्दै सिन्धुली प्रहरीलाई अनुसन्धानका लागि पत्र पठायो।तर सिन्धुली प्रहरीले पत्र नै गुपचूप राखिदियो।बालिकाको प्रसूतिको समय नजिकिएपछि आफूहरूले पनि पर्याप्त ताकेता गर्न नसकेको भुसाल बताउँछिन्।“हाम्रो काम पीडितको संरक्षण हो।प्रहरीलाई पत्र पठाएपछि अनुसन्धान उसैले गर्ने हो,”उनले भनिन्,“बालिकाको प्रसूतिको समय आएकाले हामीले पनि ध्यान दिन पाएनौं।अनुसन्धानका लागि सिन्धुली–काठमाडौं आउजाउ गराउँदा समस्या पनि हुने भयो।”परिषद्का एक अधिकारीका अनुसार पीडित उपस्थित भएर किटानी जाहेरी दिएपछि मात्र दर्ता गर्न सकिने भन्दै सिन्धुली प्रहरी पन्छिएको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ को प्रावधान अनुसार यस्तो घटनामा प्रहरीले दोस्रो–तेस्रो स्रोतबाट पाएको जानकारीका आधारमा पनि जाहेरी दर्ता गर्न सक्छ।अनुसूची १ मा उल्लिखित जबर्जस्ती करणी लगायत कसूरबारे“जोकसैले आफूसँग भएको वा देखे–जानेसम्मको सबूत, प्रमाण खुलाई लिखित जाहेरी वा मौखिक वा विद्युतीय माध्यमको सूचना दिएमा त्यही आधारमा प्रहरीले अनुसन्धान अघि बढाउन सक्ने”उक्त दफामा लेखिएको छ।यसको मतलब, घटनाबारे सूचना पाएपछि प्रहरी आफैं सक्रिय भएर अनुसन्धान गर्नुपर्ने हो।तर यहाँ सिन्धुली प्रहरीले परिषद्को पत्र नै थन्काएर उल्टै अनुसन्धानमा आलटाल गरेको देखिन्छ।
अब भने कानूनी प्रक्रिया अघि बढिसकेकाले पीडितले न्याय पाउने भुसाल बताउँछिन्।तर जाहेरी दर्ता हुनासाथ नगर प्रमुख अधिकारी “फरार”भएका छन्।उनका दुईवटै मोबाइल नम्बर बन्द छन्।स्रोतका अनुसार उनी काठमाडौंमै लुकिछिपि बसेका छन् ।उनकी पत्नीले बालिकाकी आमालाई “केस”मिलाउन दबाब दिइरहेकी पीडित परिवारको भनाई छ।“जाहेरी फिर्ता लिए भने जति जग्गा जमीन वा नगद दिने प्रलोभन र दबाब दिइरहेका स्रोत भन्छ।
नगर प्रमुख अधिकारी नेकपा (माओवादी केन्द्र)बाट दुधौली नगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भएका थिए।नगर प्रमुख अधिकारी राजनीतिमा आउनुअघि तत्कालीन जिल्ला विकास समितिका प्राविधिक कर्मचारी रहेको सिन्धुली जिल्ला समन्वय समितिले जनाएको छ ।
“अहिले खोइ उहाँकै अनैतिक सम्बन्धका कारण काठमाडौंतिर बच्चा जन्मिएको भन्ने सुनिएको छ,” जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बताए ।उनले थपे,नगर प्रमुख अधिकारीलाई फोन गर्दा मोवाईल अफ छ।केही बुझ्न सकिएन।”
दुधौली नगरपालिकाका उप प्रमुख चन्द्रकिशोर थारूका अनुसार जाहेरी परेको भोलिपल्ट वैशाख १२ गतेदेखि नै नगर प्रमुख अधिकारी नगरपालिकामा अनुपस्थित हुनुहुन्छ्।“कहाँ जानुभएको हो,केही थाहा छैन।लिखित–मौखिक केही पनि भन्नुभएको छैन,”दुधौली नगरपालिकाका उप प्रमुख थारूले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार“सात दिनभन्दा बढी अनुपस्थित हुने भए नगर प्रमुखले उप प्रमुखलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने हुन्छ।तर हामीलाई नगर प्रमुखका बारेमा केही थाहा छैन।”आर्थिक अधिकार सबै नगर प्रमुखमा निहित हुने भएकाले विकास योजना लगायतका काम प्रभावित भइरहेको दुधौली नगरपालिकाका उप प्रमुख थारूले बताए ।
यता,नगर प्रमुख अधिकारी सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य  लेखनाथ दाहाल(राजन)को संरक्षणमा   घटना घटेको लामो समयदेखि सुरक्षित हुँदैआएका माओवादी केन्द्रका नेताहरु नै बताउँछन्।यस अघि सिन्धुली कै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले पनि वैदेशीक रोजगारीमा रहेका एक पुरुषकी श्रीमतीलाई माया जलमा परेर घर विगार्ने काममा संग्लग्न हुँदा समेत उनै प्रतिनिधि सभा सदस्य दाहालले संरक्षण दिएका कारण उनले उन्मुक्ती पाउँदै आएका थिए ।

सम्बन्धित समाचार