संगामपुरबाट ठुलाे मात्रामा भान्सार छलीकाे मल बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१६ गते   ८८६ पटक हेरिएको

शंखर पहाडी( गाैरब)
सर्लाहीको पर्सा  गाउपालिका २ काे हुलाकी सडक खण्ड अन्तर्गत संग्रामपुर चाेकबाट भन्सार छली लुकाई छिपाई राखिएको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीले  ठुलाे मात्रामा भारतिय मल बरामद् गरेकाे छ ।
पर्सा गाउँपालिका २ स्थित हुलाकी सडक खण्ड अन्तर्गत संग्रामपुर चाेकमा गाेपाल साह र रामेश्वर साहकाे गाेदाममा लुकाई छिपाई राखिएकाे अवस्थामा भारतिय युरिया मल ३९  बाेरा गाेदामबाट बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार भन्सार छली लुकाई छिपाई गाेदाम राखिएकाे भारतिय माल ३९ बाेरा अन्दाजी रु ३५ हजार आठ सय ८0 बाेरा मल र एउटा भारतिय नम्बरकाे विआर ०६ वियु २८१६ नम्बरकाे भारतिय माेटरसाईकल ईलाका प्रहरी कार्यालय संग्रामपुर र शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बल( बिओप) संग्रामपुरकाे टाेलीले बरामद गरेको हाे।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech