सर्लाहीका तीनवटै क्याम्पसमा स्ववियु निर्वाचनका लागि विद्यार्थी संघ/संगठन दर्ता

394 Shares

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सर्लाहीका तीनवटै क्याम्पसमा सोमबार संघ/संगठन दर्ता गराएका छन्।त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका सर्लाही सदरमुकाम मलंगवाको सर्लाही क्याम्पस मलंगवा,लालबन्दी नगरपालिका ९ को जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र हरिवन नगरपालिका ९ को चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा स्ववियु निर्वाचनका लागि संघ/संगठन दर्ता गराएका हुन ।
तीनवटा क्याम्पसमध्ये जिल्लाकै सबैभन्दा पुरानो सर्लाही क्याम्पस मलंगवामा ११ वटा विद्यार्थी संघ/संगठन तथा समूह,जिल्लाको हरिवन नगरपालिका ९ स्थित रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पाँचवटा विद्यार्थी संघ/संगठन दर्ता भएका र लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा सबैभन्दा कम चारवटा विद्यार्थी संघ/संगठन दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ),अनेरास्ववियु,अनेरास्ववियु (क्रान्तिकारी रअनेरास्ववियु(समाजवादी) लगायतका विद्यार्थी संघ/संगठन दर्ता भएका हुन ।चैत ५ गतेको निर्वाचनमा सोमबार दर्ता भएकै संघ/संगठन र विद्यार्थी समूहका विद्यार्थीहरुले मात्रै उम्मेदवारी दिन पाउने छन् भने,फागुन २५ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय छुट्याइएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार