Close This

रेडक्रस उप शाखा लालबन्दीको सभापतिमा पुनः घिमिरे सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-३० गते   ९३७ पटक हेरिएको

 सर्लाहीको लालबन्दीमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सभापतिमा पुनः ध्रुवप्रसाद घिमिरे चयन भएका छन् । शनिबार सम्पन्न १५ औँ उपशाखा सभाले घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नव गठित समितिमा सभापति घिमिरे,उपसभापति सरिता कटुवाल,सचिव भरत प्रसाद गौतम,सहसचिव कृष्ण भण्डारी र कोषाध्यक्षमा टिकाप्रसाद चौलागाई चयन भएका नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले जनाएको छ ।
यसैगरी सदस्यहरुमा भरतप्रसाद घिमिरे,रामचन्द्र महतो कोइरी,चिरन्जीवी खतिवडा,रेखा जोशी,चन्द्रदेव श्रेष्ठ र मन्दिरा आचार्य सर्वसहमत चयन भएका छन् । सर्लाही क्षेत्र नम्बर १(ख)की प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित रेडक्रसको उपशाखा सभामा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,निवर्तमान नगर प्रमुख मानबहादुर खड्का,लालबन्दी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगी दाता,ज्येष्ठ सदस्य लगायतलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech