सर्लाहीका ५ वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

447 Shares

११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका विभिन्न पाँच वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनकौल,विष्णु,रामनगर,ब्रम्हपुरी र बसबरिया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । 
धनकौल गाउँपालिकामा नरेन्द्र यादव,विष्णु गाउँपालिकामा मुकेश कुमार मिश्र,रामनगर गाउँपालिकामा लालबाबु यादव,ब्रम्हपुरी गाउँपालिकामा मोहन कृष्ण प्रसाद सेठ र बसबरिया गाउँपालिकामा बृजनन्दन प्रसाद साहलाई खटाइएको ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाका प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार सरुवा गरि पठाइएका पाँचै जना भर्खरै शाखा अधिकृत पास गरेर तालिम सकेका कर्मचारी हुन्।नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको पाँच वटै गाउँपालिकामा यस अघि स्वास्थ्य तथा शिक्षा शाखाका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका थिए।स्थानीय तहमा प्रायःआफू निकटका जुनसुकै शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराउने परिपाटी चल्दै आएको छ ।
नगरपालिकामा उप–सचिव तथा गाउँपालिकामा शाखा अधिकृत स्तरका कर्मचारीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाए पनि नगर प्रमुख तथा गाउँपालिका अध्यक्षले हाजिर हुनै नदिने प्रचलनका कारण मधेश प्रदेशका धेरै पालिकाहरु अझैँ पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेका छन् ।प्रमुख प्रशासकीय अधिकृतहरुलाई आफ्नो निर्देशन विपरित काम नगर्न दवाव दिने तथा राजनीतिक किचलो रहेका पालिकाहरुमा पनि नयाँ प्रमखु प्रशासकीय अधिकृत आउनै इन्कार गर्ने गरेका छन् ।

सम्बन्धित समाचार