Close This

व्यावस्थापन गतिलो नहुँदा गाउँघरमा खुलेआम कोरोना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-४ गते   २६३ पटक हेरिएको

 दोश्रो लहरका कोभिड १९ सङ्क्रमण तीब्र फैलिरहँदा सर्लाहीका स्थानिय निकायको तयारी सुस्त छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारी विरुद्ध तयारी अवस्थामा रहन पटक पटक आग्रह गरेपनि स्थानीय निकायको तयारी प्रभावकारी हुन सकेको छैन् । 
कतिपय स्थानीय निकायको तयारी एकदमै सुस्त छ भने कतिपयले कुनै तयारी समेत नगरेको पाइएको छ । प्रदेश २ सरकारले केही दिनअघि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइशोलेसन व्यवस्थापन गर्न निर्देशन दिएको भएपनि अझै त्यो कार्यान्वयन गर्न सकेको देखिदैन । कोरोनाको पहिलो लहरमा जोडतोडका साथ क्वारेन्टिन, आइशोलेसन लगायतको तयारीमा जुटेका स्थानीय निकायले दोस्रो लहर तीब्र बनिरहँदा नियन्त्रण, रोकथाममा क्वारेन्टिन र आइशोलेसन व्यवस्थापनमा उदासिन रहेको देखिएको छ ।
 अघिल्लो वर्ष लकडाउन प्रभावितलाई राहत वितरणसँगै भारत सहित अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टिनमा ल्याउने, सङक्रमितलाई आइशोलेसनसम्म पु¥याउने, कन्ट्याक्ट्र टेसिङ्गमा सक्रिय जिल्लाका जनप्रतिनिधिले यतिबेला दोस्रो लहर तीब्र बनिरहँदा तोकेका छैनन् । सङ्क्रमण दर अघिल्लो कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर तीब्र छ । दोस्रो लहर चलिरहँदा जिल्लामा सक्रिय सङ्क्रमित ६ सय ७० पुगेको छ भने २१ जनाको सङ्क्रमणकै कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दैनिक ४०÷४५ जना भन्दा बढी नयाँ सङ्क्रमित थपिदै गएका छन् ।
 जिल्लाका स्थानीय निकायले अहिलेसम्म न त क्वारेन्टिन व्यवस्थापन गर्न सकेका छन् न त आइशोलेसन र अक्सिजन सिलिन्डरकै व्यवस्था मिलाउन सकेका छन् । जिल्लाका केही स्थानीय निकायहरुले कोरोना अस्पताल बनाउका छन् । त्यसबाहेक थप आइशोलेशन बनाउने तर्फ केही स्थानीय निकायले अझै ध्यान दिन नसकेको स्थानिय जानकार उमाशंकर साहकोे भनाई छ । ‘‘ऐन कानुनले स्थानीय निकायहरुलाई स्वायत बनाएर जिम्मेवारी थपिएको छ, उहाँले भन्नुभयो,‘‘ जिम्मेवारी स्थानीय निकायलाई दिएको छ, त्यो अनुसारको जनप्रतिनिधिहरुले काम गर्न सकिरहेको छैन् । जनता संकटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्ने उहाँको सुझाब छ । छिमेकी देश भारतीय सिमाक्षेत्रमा भइरहेको आवत जावतलाई रोक्न र भारततर्फबाट आउनेहरुलाई कुन ठाउँमा राख्ने बिषयमा स्थानीय तहको कुनै चासो देखिदैन् । ‘‘दैनिक उपभोग्य समान लिन भारतीय बजार जाने क्रम अझै नरोकिएको देखिएको छ । ‘‘भारतीय बजारबाट फर्किनेहरुलाई नत होल्डिङ्ग सेन्टर बनाएर राखिने गरिएको छ नत कुनै स्वास्थ्य जाँच नै गरिन्छ । बिना जाँच घर फर्किदाँ संक्रमण अझ भयावह हुने अवस्था देखिएको अर्का जानकार शिवनारायण चौधरलिे बताउनुभयो । सिमाक्षेत्रमा ओहोर दोहोर गर्नेलाई जाँच गर्दा पोजेटिम पाइएकाहरुलाई राख्ने ठाउँ नै नरहेकाले बिना पिसिआर जाँच घर फर्काउने गरिएको स्वास्थ्यकर्मीहरुले बताउका छन् । खुल्ला सिमानाका कारण खुल्लेआम भारतीय सिमाक्षेत्रमा हुने आवतजावतलाई रोक्ने प्रयास गरेपनि जनप्रतिनिधिहरुले साथ नदिदाँ समस्या भईरहेको सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुको भनाइ छ । ‘‘अघिल्लो कोरोना कालमा भारतीय सिमाक्षेत्रबाट हुने आवतजावत रोक्ने देखि आएकाहरुलाई क्वारेन्टिन बनाएर राख्न जनप्रतिनिधिहरुले अग्रसरता देखाएको थियो, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिभुवननगरका शसस्त्र प्रहरी निरीक्षक संजित सिंहले भन्नुभयो,‘‘ तर यसपालि खासै जनप्रतिनिधिहरुको त्यस्तो सक्रियता देखिदैन् । जनप्रतिनिधिहरु सक्रिय नहुदाँ जोखिम बढ्दै गएको उहाँको कथन थियो ।
भारतीय सिमासँग जोडिएको जिल्लाको५१ किलोमिटर खुल्ला सिमाना छ । ती सबै स्थानहरुबाट भईरहेको आवागमनलाई स्थानीय निकायहरुले खासै कुनै तयारी नगरेको स्थानीयहरुको गुनासो छ । अघिल्लो कोरोना कालको जस्तो अहिले परिस्थिति आईनसकेकाले क्वारेन्टिन र आईसोलेशन नबनाएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम  रायले बताउनु भयो । ‘‘सिमा नाका शिल गरिएकोले भारतबाट नेपाल आउनेहरुको संख्या न्युन मात्रै छ उहाँले भन्नुभयो,‘‘त्यसैले क्वारेन्टिनको अहिलेसम्म आवश्यकता परेको छैन्, कसैलाई पनि आईसोलेशनमा राख्नुपर्ने स्थिति आएको छैन् । यद्यपी क्वारेन्टिन र आईसोलेशन तयारी अवस्थामा राख्ने बिषयमा छलफल भईरहेको उहाँको भनाई छ ।  नगरपालिकाभित्र कोरोना संक्रमण पुष्टी भए तत्काल कन्ट्याक्ट्र ट्रेसिङ्ग गर्न सक्ने आफुहरुलेतयारी समेत गरेको उहाँको भनाई छ । 
यता, लालबन्दी नगरपालिकाले सङ्क्रमण बढ्दै जाँदा क्वारेन्टिन र आइशोलेसन व्यवस्थापनसँगै कन्ट्याक्ट्र ट्रेसिङ्गको योजना बनाएर अघि बढेको जनाएको छ । ‘‘नगरमा रहेको कोभिड अस्पतालमा आईसोलेसन बेड थप्ने र आइसियू तथा भेन्टिलेटरको व्यस्था कसरी मिलाउने बिषयमा नियमित छलफल भइरहेको छ, साथै अक्सीजनको व्यावस्था समेत भईसकेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनु भयो । 
अन्य स्थानीय निकाय भन्दा कोरोना रोकथाम र नियन्त्रणको पुर्व तयारीमा अगाडी देखिएको लालबन्दी नगपालिकामा क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनका लागि चाहिने समानहरु खरिद भईसकेको छ । ‘‘यसअघि अघिल्लो कोरोना कालमा पनि जिल्लाकै एक मात्र सुरक्षित स्थानिय निकायको रुपमा आफ्नो स्थानिय निकायलाई राख्न सफल भएको लालबन्दी अहिले पनि जिल्लामै सुरक्षित रुपमा रहेको देखाउन लागि परेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो । ‘‘ क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनका लागि चाहिने सम्पुर्ण सामानहरुको खरिद गरि क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राखिएको नगर प्रमुख खड्काले बताउनु भयो । 
तत्कालका लागि १० अक्सिजन सिलिन्डर समेत खरिद गरेर नगरपालिकामा रहेको १० शैय्याको कोभिड अस्पताललाई उपलब्ध गराएको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्इक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।उहाँका अनुसार कन्ट्याक्ट्र ट्रेसिङ्गको लागि पनिछलफल भईरहेको छ । जिल्लामै सबै भन्दा बढी कोरोना सङ्क्रमित रहेका मलंगवा नगरपालिकाले क्वारेन्टिन र आइशोलेसन बनाउन नसक्दा सङ्क्रमित होम आइशोलेसनमै बस्दै आएका छन् । नगरक्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले २५ श्ययाको कोभिड अस्पताल बनाएको भएपनि आवश्यक स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सामाग्री नहुँदा बिरामीहरु होम आइशोलेसनमा बस्दै आएका नगर प्रमुख निरसल साहले बताउनु भयो । ‘‘संक्रमण दर बढ्दै गएपछि हामीले तत्कालका लागि २५ शैय्याको अस्थायी कोभिड अस्पताल बनाएका छौ तर संक्रमित अस्पताल आउँदैनन्” उहाँले बताउनु भयो ।
कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिन थालेपनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेसन श्य्या थप्ने लगायतका अपेक्षाकृत रुपमा पूर्व तयारीको काम गर्न नसकिरहेको लालबन्दी नगरपालिकाले जनाएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले विभिन्न शिर्षकमा प्रदेश सरकारसँग सहयोग माग्ने निर्णय पनि गरि सकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो । डिसिसिएमसीले जोखिम न्यूनिकरणका लागि सिआइसिटी मोविलाइजेशन,अत्यावश्यक औषधी खरिद र एम्बुलेन्स तथा शव वाहन परिचालन गर्ने लगायतका विषय प्रदेश सरकारसँग माग गरेको जनाएको छ । स्थानीय निकायलाई आवश्यक पर्ने औषधी, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउन समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनु भयो ।  दोस्रो लहरको सङ्क्रमणका कारण जिल्लामा  ६ सय ७० जना सङ्क्रमित छन् भने २१ जनाको ज्यान गएको छ ।
दशभरकै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा स्थानिय प्रशासनले निषेधाज्ञा घोषणा गरेपनि त्यसको प्रभावकारी कार्वान्वयन नहुँदा  जिल्लामा केही दिनमै कोरोना संक्रमण उच्च विन्दुमा पुगेको हो । जिल्लाका १÷२ स्थानिय निकाय बाहेक अरु स्थानिय निकायले क्वारेन्टिन र आइशोलेसन केही पनि बनाएका छैनन् । भने कोरोना संक्रमितहरुको व्यावस्थापन नगर्दा एक÷दुई जना संक्रमितका कारण गाउँघरमा कोरोना संक्रमणको त्रास बढेकोछ । 
कोरोना संक्रमितहरुलाई क्वारेन्टिन र आइशोलेसनमा नराखिदा उनिहरु खुलआम रुपमा गाउँमा हिडको कारण गाउँका धेरै मानिसहरु एकै पटक संक्रमित हुने भन्दै गाउँ नै त्रासित भएको छ । भने केही समुदायमा कोरोना संक्रमणको लक्ष्यण तथा चिन्ह देखिएपनि उपचा।का नलैजाने गरको कारण पनि शहरमा भन्दा गाउँमा कोरोना संक्रमणको त्रास बढेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech