सर्लाहीको बागमती नगरपाकिला ४ मा प्रथम जिरायत कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।बागमती नगरपालिका ४ स्थित जिरायतमा मंसिर १० गतेबाट प्रथम जिरायत कप सुरु हुन लागेको आयोजक ओम युवा क्लबका अध्यक्ष जीत बहादुर वि.क.ले जानकारी दिए ।
उनका अनुसार मंसिर ९ गते सम्म प्रतियोगितामा भाग लिन चाहने क्लबहरूलाई नाम दर्ता गराई सक्न आग्रह गरिएको छ।प्रतियोगिता कहिले सम्म सञ्चालन हुन्छ।भन्ने कुरा सहभागि टिम यकिन भएपछि जानकारी गराइने प्रतियोगिताको आयोजक ओम युवा क्लबका अध्यक्ष वि.क.ले बताए ।
दर्ता शुल्क चार हजार राखिएको प्रतियोगिता फिफाको नियम अनुसार खेलाइने छ। प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार ५१ सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।भने,उपविजेता टिमले नगद रु २५ हजार ५१ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।