सर्लाहीमा वृहत् विज्ञान प्रदर्शनी मेलाको छनोट आज

293 Shares

सर्लाही जिल्लामा वृहत् विज्ञान प्रदर्शनी मेला हुने भएको छ।शिक्षा विकास समन्वय ईकाइ मलंगवा सर्लाहीले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुसंग वृहत् विज्ञान प्रदर्शनीमा सहभागिता जनाउन प्रस्ताव माग गरेपछि सर्लाही जिल्लामा वृहत् विज्ञान प्रदर्शनी मेला हुने भएको हो ।वृहत् विज्ञान प्रदर्शनी मेलाको बलरा नगरपालिका र युनेस्को नेपालको आयोजनामा कात्तिक पहिलो साता आ आफना प्रोजेक्ट सहितको प्रस्तावना पेश गर्न आव्हान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख तारापती खरेलले जानकारी दिए ।
उनका अनुसार प्रस्तावना पेश गर्दा प्रमुख बुँदाहरु,सहभागी विद्यालयको छनोट प्रस्तावनाको आधारमा विद्यालय छनोट गरीने छ।प्रदर्शनी मेलामा कक्षा ६ देखि १२ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जानउन पाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ ।प्रस्ताव पेस गर्ने इच्छुक विद्यालयहरूले कात्तिक ४ गते भित्र प्रस्ताव पेस गर्नु पर्ने साथै छनोट प्रक्रिया कात्तिक ५ गते आज हुनेछ ।प्रदर्शनी मेलामा जिल्लाका प्रत्येक विद्यालयबाट एक जना विज्ञान शिक्षक र बढिमा पाँच जना विद्यार्थीहरु सहभागी हुन पाउने व्यवस्थापन मिलाइएका ईकाइले जनाएको छ।आधारभूत र माध्यमिक तहका विद्यालयहरू बिच अलग अलग प्रतियोगिता हुने छन्।विज्ञान प्रदर्शनी मेला बलरा नगरपालिका ८ गडहिया डुमरीया स्थित जनता नमुना माध्यमिक हुनेछ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा कातिकको अन्तिम साता सम्ममा प्रदर्शनी आयोजना हुने आयोजकले जनाएको छ ।आधारभूत तहका विजेताहरुलाई युनेस्कोबाट माध्यमिक तहका विजेतालाई प्रथम पुरस्कार स्वरुप नगद रु ३० हजार, द्वितीय पुरस्कार रु २५ हजार,तृतीय पुरस्कार रु २० हजार र दुई वटा विद्यालयलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु १० हजार प्रदान गरिने छ।छनोट भएका विद्यालयहरूले स्टल निर्माणका लागि र पाँच हजार व्यवस्थापन खर्च प्राप्त गर्ने छन् ।प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरूले वैज्ञानिक सिद्धान्त,आविष्कार र नवीनतम प्रविधिका प्रोजेक्टहरू प्रदर्शन गर्न सक्ने छन्।
ग्लोबल वार्मिङ र जलवायु परिवर्तन,वैकल्पिक ऊर्जा, रोबोटिक्स र स्वचालन प्रणाली,जीवविज्ञान,रसायन विज्ञान र भौतिक विज्ञानका प्रयोगहरू,अन्तरिक्ष विज्ञान र ग्रहहरूको अध्ययन लगायतका विषयलाई प्राथमिकता लिइने आयोजकले जनाएको छ । मधेस प्रदेशमा इन्जिनियरिङ र विज्ञान क्षेत्रलाई बढावा दिन तथा मधेश प्रदेशका शैक्षिक संस्थाहरुलाई पनि यस मेलामा सहमागी गराई उनीहरुलाई स्टल राख्न पाउने गरी व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख खरेलले बताए ।उनका अनुसार प्रदर्शनीले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहन गर्दै व्यावहारिक ज्ञानलाई जीवन्त बनाउन र प्रतिभावान् विद्यार्थीहरूको पहिचान गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।पेश गरिएका प्रस्तावनाहरूको आधारमा छनोट गरिएका विद्यालयहरूले स्टल निर्माण प्रदर्शनी अघि नै पूरा गर्नु पर्ने साथै अन्य शिक्षण संस्थाहरूले भने प्रतियोगितामा भाग नलिएपनि प्रदर्शनीमा मात्र स्टल राख्न सक्ने व्यवस्थापन राखेको आयोजकले जनाएको छ ।
सर्लाहीको बागमती नगरपालिकाले केहीमहिना पहिला नेपाल मै पहिलो पटक बृहत् शैक्षिक महोत्सवको आयोजना गरेको थियो।त्यसपछि बागमती नगरपालिकाको सिको गर्दै सर्लाही सहित धेरै स्थानीय तहहरुले शैक्षिकमेला महोत्सवहरुआयोजना गर्न थालेका छन् । 

सम्बन्धित समाचार