सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्ण कै कारण परियोजना सखाप हुँदै

एसपि गौरव    प्रकाशित: २०८०-४-५ गते   ६९७ पटक हेरिएको

सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्ण

सर्लाहीको सागरनाथ वन विकास परियोजनाभित्र व्यापक मात्रामा काठ तस्करी भएको पाइएको छ । पछिल्लो समय परियोजनाका निमित्त प्रमुख सहायक वन अधिकृत शिवेन्द्र चौधरी र रेन्जर विद्या सागर कर्णको मिलेमतोमा परियोजना भित्रको बाँके जंगलमा व्यापक मात्रामा काठ तस्करी भएको पाइएको हो । विगत लामो समयदेखि परियोजना प्रमुख विहिन हुनु वन पैदावार विकास समितिमा अध्यक्ष चयन नहुन र विगत लामो समयदेखि काठतस्करीमा संग्लग्न सहायक वन अधिकृत चौधरी नै निमित्त प्रमुख हुनुले परियोजना भित्रको काठ तस्करी गर्ने तस्करहरुलाई दशैँ आएझँै भएको छ ।

सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णको सहयोगमा भक्तीपुर तथा चौलिखाका सःमिलहरुमा परियोजनाको काठ तस्करहरुले दैनिक पुर्याउने गरेका स्थानीयको भनाई छ । सहायक वन अधिकृत चौधरी माईस्थान वन व्यावस्थापन शाखाका प्रमुख भएपनि कहिलै सो कार्यालयमा नजाने र रेन्जर कर्ण मुक्र्तिया वन व्यावस्थापन शाखाका निमित्त प्रमुख भएपनि सो कार्यालयमा कहिलै नजाने गरेका समेत पाइएको छ । भने परियोजना प्रमुख विहिन हुनु उनीहरुको लागि कमाउने राम्रो अवसर सृजना भएको स्थानीयको भनाई छ ।


विगत लामो समयदेखि परियोजनामा बसि रहेका सहायक वन अधिकृत चौधरी र रेन्जर कर्णको मिलेमतोमा परियोजना क्षेत्रभित्र व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको स्थानीयको दाबी छ ।परियोजनाका तत्कालीन प्रमुख राम किशोर यादव विगत केही महिना पहिला काज सरुवा भई वन तथा वातावरण मन्त्रालय गएपछि  परियोजनामा सहायक वन अधिकृत चौधरीलाई निमित्त तोकिएको भएपनि उनले पनि रेन्जर कर्णलाई निमित्त दिएर काठ तस्करहरुलाई सहजता प्रदान गरेका छन् ।

परियोजना क्षेत्र भित्रको बाँके जंगलबाट व्यापक मात्रामा काठ तस्करी हुँदा समेत परियोजना निमित्त प्रमुख चौधरी र रेन्जर कर्ण मौन देखिनुले पनि उनीहरुको मिलेमतोमा परियोजना क्षेत्र भित्रको काठ तस्करी भएको स्पष्ट हुन्छ ।परियोजना क्षेत्र भित्र व्यापक मात्रामा काठ तस्करीको समाचार प्रकाशन भएपछि परियोजना तत्कालीन प्रमुख यादव काज सरुवा भएर मन्त्रालय गएका थिए भने सो समयमा सहायक वन अधिकृत चौधरीलाई निमित्त दिईएको भएपनि उनी पनि विभिन्न बाहना बनाउँदै रेन्जर कर्णलाई निमित्त दिएर घर बसेका छन् ।

आफ्नो गल्तीहरुको प्रमाण सहित समाचार प्रकाशन भएपछि आफुलाई अप्ठ्यारो पर्ने भएपछि प्रमाण सहित समाचार प्रकाशन गर्ने पत्रकारलाई विभिन्न आरोप लगाउँदै पन्छीने दाउमा परियोजनाका तत्कालीन प्रमुख यादव लागि परेका भएपनि वन पैदावार विकास समितिकी तत्कालीन अध्यक्ष दिपा दाहाल(शिवाकोटी)ले उनलाई समितिको कार्यलयमा तानेर छानविन समेत सुरु गरेकी थिएन् तर पछि समितिकी अध्यक्ष दिपाको  पनि कार्यकाल सकिएपछि परियोजनाका तत्कालीन प्रमुख यादव अहिले मन्त्रालयमा थन्किएका छन् ।


तरपनि सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र  रेन्जर कर्णको तस्करीहरुसंग मिलेमतो र कमिसन असुली धन्दा रोकिएको छैन् । परियोजनाका रेन्जर कर्णले माईस्थान वन व्यावस्थापन शाखामा रहँदा १ ट्रक काठ वीरगन्ज पुर्याएका र अर्काे ट्रक काठ लैजाँने तयारी गरेपछि स्थानीयले थाहा पाई परियोजनाका तत्कालीन प्रमुख जितेन्द्र किशोर कर्माचार्यलाई जानकारी गराएका थिए ।कर्माचार्यले कार्बाहीको तयारी गर्दै गर्दा सरुवा भएपछि परियोजनाको प्रमुख भएर आएका विशाल घिमिरेले रेन्जर कर्णलाई उन्मुक्ती दिएपछि रेन्जर कर्णको मनोवल झन बढेको छ । रेन्जर कर्णले मुक्र्तीया वन व्यावस्थापन शाखामा पनि रेल्वे निर्माण कम्पनीसंग मिलेर परियोजनाले लगाएको काठ बालुवाले छोपेका थिए । जसबाट रेल्वे परियोजनाले उनलाई ठुलो रकम कमिसन दिनुका साथै २२० सिसिको पल्सर मोटरसाइृकल समेत किनि दिएको परियोजना स्रोतको दाबी छ । साथै उनले अहिले रेल्वे परियोजनाको रड,गिट्टी र सिमेन्टले जनकपुरमा आलिसान महल निर्माण गरि रहेका छन् ।मुक्र्तीया वन व्यावस्थापन शाखामा निमित्त प्रमुख भएर कर्ण गएको करिब २ वर्ष भएको भएपनि उनी कार्यालयमा कहिलै नवस्ने गरेका समेत पाइएको छ ।

हाल सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्ण मिलेर परियोजना भित्रको काठ लिलाम विक्रि नगर्ने,परियोजना भित्रका विभिन्न पोखरीहरु,खानेपानीको भवन,खेल मैदान निर्माण गर्न दिने र पोखरी निर्माणको नाममा वन विनाश गर्ने काम गरि रहेका छन् । परियोजनाको जग्गा अतिक्रमण गरेर इश्वरपुर नगरपालिका ४ स्थित सागरनाथमा फुटबल मैदान निर्माण भई रहेको छ भने सोही स्थानमा खानेपानीको संरचना निर्माण भई रहेको छ ।

त्यस्तै भक्तिपुर र श्रीनगर लगायतका स्थानमा पोखरी निर्माणको नाममा सागरनाथ वन विकास परियोजनाको जंगल विनाश गर्नुका साथै जग्गा अतिक्रमण गर्न सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णले मिलेमतो गरेका छन् ।परियोजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियोजना अतिक्रमण हुने भन्दै रोकेका ठाउँहरुमा सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्ण मिलेर फुटबल मैदान,खानेपानीको संरचना,पोखरीको नाममा वन विनाश तथा परियोजनाको जग्गा अतिक्रमण गर्न दिएका दिएका परियोजना स्रोतको दाबी छ ।

यस अघि नै समितिले विक्रि लिलामी गर्न अनुमती दिएका परवानीपुरका सिसौ,परियोजना परिसरमा थुपारेर राखिएको सालका काठ लिलामी नगरेर सःमिलहरुलाई परियोजनाको काठ दैनिक चोरी तस्करी गरि लैजाने तस्करहरुसंग उनीहरुको स्पष्ट मिलेमतो रहेको परियोजनाका एक कर्माचारीले बताए ।परियोजनामा उत्पादन भएको पैदावार विक्रि वितरण गरेर आएको रकमले परियोजनामा कार्यरत कर्माचारीहरुले तलब खाने गरेका भएपनि उत्पादीत पैदावार विक्रि,लिलामी हुन नसक्दा अहिले एक सय ४५ जना कर्माचारीहरुले करिब १ वर्षदेखि तलब खान पाएका छैनन् ।

जसका कारण कर्माचारीहरुको मनोवल खस्किएको छ भने सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णलाई कमाउने राम्रो मौका मिलेको छ ।करिब १ वर्षदेखि तलब खान नपाउँदा आफुहरुको भान्सामा चुलो नबल्ने अवस्था आएको परियोजनामा कार्यरत कर्माचारीहरुको गुनासो छ ।यता,सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरीले इश्वरपुर नगरपालिका १५ मा रहेको सुजित सःमिल तथा फर्निचर उद्योगलाई  परियोजनाको काठ चोरी पैठारी गरी पठाउने त्यहाँबाट कमिसन असुल्ने गरेका छन् ।

साथै सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णको मिलेमतोमा आर्थिक प्रलोभनमा परेर परियोजना क्षेत्रहरु भित्र वन अतिक्रमण गरि घर टहरा बनाउन दिएका,पोखरी खन्न दिएका,वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ । सो समयमा प्रमुख जिल्ला अधिकारी यादवको साथ पाएका परियोजनाका तत्कालीन प्रमुख यादव र सहायक वन अधिकृत एवम हालका निमिक्त परियोजना प्रमुख चौधरीले पत्रकारले लेखेर केही नहुने भन्दै आफ्नो धन्दालाई निरन्तरता दिएका थिए । त्यो निरन्तरता अहिले पनि जारी रहेको र सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णलाई परियोजनाबाट नहटाउँदा सम्म परियोजना असुरक्षित रहि रहने स्थानीयको भनाई छ ।

२०३५ सालमा स्थापना भएको सागरनाथ वन विकास परियोजना सर्लाही,महोत्तरी र रौतहटको कुल १३ हजार ५ सय हेक्टरमा फैलिएको थियो । तर हाल १२ हजार हेक्टर जग्गा मात्रै परियोजनाको नियन्त्रणमा रहेको छ । भने सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरी र रेन्जर कर्णको मिलेमतोमा परियोजनाको वन दिन प्रतिदिन विनाशोन्मुख भएको छ । यता, सहायक वन अधिकृत एवम परियोजनाका निमित्त प्रमुख चौधरीलाई सो विषयमा सोध्दा आफु सोझो कर्माचारी रहेको भन्दै त्यस प्रकारका कुनै कार्यमा आफ्नो संग्लग्नता नरहेको दाबी गरे भने रेन्जर कर्णलाई फोन सम्पर्क हुन सकेन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech