जेठ २८ गतेबाट हरिवनमा सुरु भएको स्काउट तालीम सकियो

1.8k Shares

सर्लाहीको हरिवन नगरपालिकामा जेठ २८ गतेदेखि सुरु भएको स्काउट तालीम सकिएको छ । हरिवन नगरपालीकाको सहयोग तथा नेपाल स्काउट हरिवन नगर कमिटीको आयोजनामा भएको ४९३ औं बिटीसि तथा ३६१ औं पिटीसि तालीम जेठ २८ गतेबाट सुरु भएको थियो ।
तालीममा मधेस प्रदेश भित्रका १८ वटा विद्यालयका शिक्षक सहित ३६ जाना दिक्षित भएका आयोजकले जनाएको छ । नेपाल स्काउट हरिवन नगर कमिटीका संयोजक सुबास घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेस सभा सदस्य बेचि लुडगेलीको प्रमुख आतिथ्यता रहेको थियो ।
 नेपाल स्काउट हरिवन नगर कमिटीको संरक्षक समेत रहनु भएका हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल), नेपाल स्काउट राष्ट्रिय तदर्थ समिती सदस्य तथा राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु, पुर्व राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई, नेपाल स्काउट मधेस प्रदेशका संयोजक सरोज कुमार यादव, नेपाल स्काउट मधेस प्रदेश सदस्यहरु नारायण कार्की, सबिना बादे लगायतको विशेष उपस्थिती रहेको थियो ।
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु प्रशिक्षकहरु प्रमोद सिग्देल, शुसिला बिष्ट, अस्मिता श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको कार्यक्रममा सहजकर्ताहरु तथा सहभागीहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार