लायन्स क्लबको निरन्तर सामाजिक कार्य

2.3k Shares

लायन्स क्लब अफ लालबन्दी सिटिले ईश्वरपुर नगरपालिका वाडं न ६ का एक अशक्तलाई सहयोग गरेको छ । ईश्वरपुर नगरपालिका वाडं न ६ बस्ने वर्ष ३८ का  लालबाबु भुजेललाई  लायन्स क्लब अफ लालबन्दी सिटिले १ थान ह्विल चेयर सहित नगद सहयोग गरेको लायन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो । 
लायन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष न्यौपानेका अनुसार  भुजेलका हात पाऊ नचल्नेसमस्याका कारण विगत ४ वर्षदेखि एकै स्थानमा थला परेर बसेका छन् । आर्थिक अबस्था कमजोर रहेका उनलाई १ थान ह्वील चेयर हस्तान्तरण गरेको हो । भने उनका छोरा छोरीलाई कपि ,कलम किन्न ईस्वरपुरै एक समाजसेबी तथा ब्यापारी रूस्तम मिकरानिले रु २ हजार नगद सहयोग गर्नु भएको हो । 
लायन्स क्लब अफ लालबन्दी सिटिले सर्लाहीका विभिन्न स्थानमा रहेका फरक क्षमता भएका तथा अशक्तहरुलाई विभिन्न समयमा आर्थिक तथा अन्य सहयोगहरु गर्दै आएको छ । समाजमा रहेका फरक क्षमता भएका तथा अशक्तहरुलाई आफुहरुले सानो सहयोग गर्दा अरु सहयोगी दाता तथा समाजसेविहरुबाट थप सहयोग मिलोस भन्ने आफुहरुको चाहना रहेको लायन्स क्लब अफ लालबन्दी सिटिले जनाएको छ ।

सम्बन्धित समाचार