Close This

बरहथवा १६ स्थित खलन्देहीको कटान रोक्न बाँसका बिरुवा रोपियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२३ गते   ६१३ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १६ स्थित लखन्देही खोलाको कटान रोक्न बाँसका बिरुवा रोपिएको छ । बरहथवा नगरपालिकाको सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोगमा नदी नियन्त्रण गर्ने उद्देश्यसहित बाँसका बिरुवा रोपिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिनु भयो ।
पूर्वमन्त्री एवम सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रामेश्वर राय, संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिकाका प्रमुख कटुवाल,उपप्रमुख रामबाबु साह, कांग्रेस बरहथवाका नगर सभापति उपेन्द्र महतो, एमालेका बरहथवा नगर कमिटी अध्यक्ष अमरेन्द्रकुमार सिंहलगायत अगुवा र स्थानीयवासीको उपस्थितिमा बाँसको बिरुवा रोपीएको हो ।
बर्सेनि नदीको कटान बढ्दै गएकाले बाँसका बिरुवा रोपेर रोकथामको प्रयास थालिएको बरहथवा नगरपालिकाले जनाएको छ । बाँसको बिरुवा हुर्किएपछि खोलाको कटान कम हुने अपेक्षा गरिएको नगर उप प्रमुख साहले बताउनु भयो । लखन्देही खोलाको किनारमा १३ हजार बाँसको बिरुवा रोप्ने कार्यक्रम रहेको नगर प्रमुख कटुवालले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech