सब डिभिजन वन कार्यालय धादिङका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् । अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई ४० हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने भन्दै रु ४० हजार घुस माग गरेपछि सोही घुसरकम सहित अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।
उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको अख्तियारको टोलीले कार्यालय प्रमुख पौडेललाई सेवाग्राहीबाट रु. ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । कार्यालय प्रमुख पौडेलले सेवाग्राहीसंग रु ४० हजार रकम लिदै गरेको अवस्थामा उनको कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।