Close This

भन्सार कार्यालय मलंगवाको राजश्व संकलन प्रगति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२ गते   ३३२ पटक हेरिएको

जिल्लाको मंलगवा भन्सार कार्यलयले आर्थिक बर्ष २०७६÷०७७ मा राजस्वमा १०१ प्रतिशतले प्रगति गरेको छ । कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण देशको आर्थिक स्थिति कमजोर भएको समयमा मंलगवा भन्सार कार्यलयले राजस्व लक्ष्य भन्दा १०१ प्रतिशतले प्रगति गरेको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा राजस्वको लक्ष्य ३३ करोड ९ लाख ९७ हजार रहेकोमा मंलगवा भन्सार कार्यलयले ३३ करोड ५० लाख १५ हजार ७९ रुपैँया राजश्व संकलन गरेको छ । आव २०७६÷०७७ मा भारतबाट नेपाल आयात भएको आलु,धान,चामल लगायतका अन्य सामाग्रीहरुबाट कार्यलयले ३३ करोड ५० लाख १५ हजार ७९ रुपैँया राजश्व संकलन गरेको भन्सार कार्यालयका कार्यालय प्रमुख राजेश कुमार दत्तले जानकारी दिनु भयो ।
कोरोना भाईरसका कारण सरकारले गरेको करिब ५ महिनाको लकडाउनमा मात्र भन्सार कार्यलयले १४ करोड ४२ लाख ३४ हजार १ सय ५८ रुपैँया  राजस्व संकलन गरेको छ। लक  डाउनको अवधि भरीमा भन्सार कार्यलयले ९ सय ७३ थान मुद्दा मध्ये ९सय १५ मुद्दा पनि फर्छ्यौट गरी ४ करोड राहत संकलन गरेको मंलगवा भन्सार कार्यलयका कार्यालय प्रमुख दत्तले बताउनुभयो । जिल्लामा भारतबाट आलु,धान,चामल,तरकारी तथा सुर्तिजन्य पर्दाथहरु भित्रने गरेका छन । भने नेपालबाट अहिले सम्म भारतमा जिल्लाको बाटो भएर कुनै पनि सामाग्री निर्यात नभएको कार्यालयले  जनाएको छ ।
लक डाउनका कारण सिमा नाका सिल र सिमा नाकामा प्रहरीको उच्च गस्तीका कारण चोर नाकाहरुबाट समानहरुको चोरी निकासी नभएई  सबै समानहरु मुख्य नाका भएर नेपाल भित्रिएका कारण लक्ष्य पुरा गर्न सफल भएको कार्यलय प्रमुख दत्तले बताउनु भयो ।

स्थानिय स्तरमा उत्पादन नभएका कारण जिल्लाबाट भारतमा निर्यात शुन्य रहेको छ। भारतबाट निर्भरता तथा व्यापार घाटालाई कम गर्न घरेलु उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा स्थानिय निकायहरुले पनि जोड दिन थालेका छन । भारतसंग खुल्ला सिमाना भएका  जिल्लाहरुमा अवैध तरिकाबाट सामानहरु नेपाल भित्रने गरेका कारण पनि कतिपय भन्सार कार्यालयहरुले लक्ष्य पुरा गर्न नसक्ने अवस्था रहेको पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech