लागु पदार्थ सेवन गरेर सवारी चलाउने चार चालक नियन्त्रणमा

497 Shares

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागु पदार्थ सेवन गरेर सवारी चलाउने चार जना चालकलाई नियन्त्रणमा लिएको छ।जनस्वास्थ्य कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा गोलन्जोर गाउँपालिका ७ स्थित खुर्काेटको रिफ्रेस सेन्टरमा ४१ जना चालकहरुको परिक्षण गरिएकोमा चार जना चालकले लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जाकनारी दिए ।
 उनका अनुसार काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ०१४२ नम्बरको सुमो चालक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अन्दाजी वर्ष २६ का निमा शेर्पा,काठमाण्डौबाट काँकरभिट्टातर्फ जाँदै गरेको बागमती एफएए ०१९७ नम्बरको हाईसका चालक धनुषाको जनकपुर उपमहानगरपालिकाका अन्दाजी वर्ष ५६ का महेन्द्र राय, काठमाण्डौबाट गाईघाटतर्फ जादै गरेको म.प्र.०१–००१ ज ०१७४ नम्बरको ईभीका  चालक उदयपुरको उदयपुरगढी गाउँपालिकाका अन्दाजी वर्ष २३ का बासु थापा र काठमाण्डौबाट दुधौलीतर्फ जाँदै गरेको बा ४ ख ५३४१ नम्बरको बसका चालक कमलामाई नगरपालिकाका अन्दाजी वर्ष ४१ का डिल्ली राम चौलागाईले लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि नियन्त्रणमा लिईएको हो । 
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले वि.पि.राजमार्ग भएर चल्ने ट्रक,बस,माईक्रो,सुमो, ईलेक्ट्रिक भ्यान र पिकअप लगायतका सवारी चालकहरुले लागु पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी निरीक्षक मोहमद् कलिल मन्सुरले जानकारी दिए । 

सम्बन्धित समाचार