सगुन सहकारीमा ढकालको अध्यक्षतामा नौ सदस्यीय समिति चयन

56 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनःकेशव प्रसाद ढकाल दोहोरिएका छन् । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)नेतृत्वको तीन सदस्यीय निर्वाचन समितिले हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षतमा पुन ढकाल सहित उनको नेतृत्वमा नौ सदस्यीय संचालक समिति निर्वाचित भएको घोषणा गरेको हो ।
 हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को नव गठित समितिको उपा अध्यक्षमा राजकुमार उप्रेती,सचिवमा उपाध्यक्ष, विनोद कार्की,कोषअध्यक्षमा पदमा मोक्तान सहित सदस्यहरुमा हरि प्रसाद पुडासैनी,टीकाजङ््ग थापा,मुखचन्द्र महतो,सुशीला कुमारी कटुवाल र बाला कुमारी थापा मगर सदस्य निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै निर्वाचन समितिले जय शंकर सिंहको संयोजकत्वमा विप्लव कार्की र निर्मला कुमारी प्रसाई(मैनाली) सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ।संचालक र लेखा समितिका पदाधिकारी तथा सदस्यको आईतबार संस्था कै सभाहलमा पद तथा गोपनियताको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको संस्थाले जनाएको छ ।नेकपा(माओवादी केन्द्र)को तर्फबाट हरिवन नगरपालिकाका नगर प्रमुख समेत रहेका बुढाथोकीको संयोजकत्वमा नेपाली कांग्रेसको तर्फबाट डार प्रसाद भट्टराई र नेकपा(एमाले)को तर्फबाट विदुर कुमार प्याकुरेल निर्वाचन समितिमा रहेका थिए ।

सम्बन्धित समाचार