मोरङका ६ निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवारहरुको नाम टुङ्गीयो

213 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वांचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि आफ्नो पार्टीका उम्मेदवाहरुको नाम टुङ्ग्याएको छ।केही दिन पहिला मात्रै जिल्ला अधिवेशन गरेको राप्रपा मोरङले लामो कसरत पछि जिल्लाका ६ वटै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका लासिग आफ्नो पार्टीका उम्मेदवारहरुको नाम टुङ्ग्याएको राप्रपा मोरङकी कोषाध्यक्ष शोभा प्याकुरेलले जानकारी दिईन् ।
उनका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा पुर्ण बहादुर वाइबा,क्षेत्र नम्बर २ मा कंस राज राजवंसी(भुपेन्द्र),क्षेत्र नम्बर ३ मा प्रेम सुवेदी,क्षेत्र नम्बर ४ मा माधव आचार्य,क्षेत्र नम्बर ५ मा कुमोद राय र क्षेत्र नम्बर  ६ मा सविन निरौलाको उम्मेदवारी टुङ्ग्याएको हो ।

सम्बन्धित समाचार